सोलुमा कुपोषण रोगी घट्दै

सोलुखुम्बु / सोलुखुम्बु जिल्लाको हकमा पछिल्लो समय कुपोषण रोगको विरामी लिईस्वास्थ्य चौकीमा पुग्नेको संख्या कम हुदै गएको छ । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधानमा सबैको ध्यान जान नसक्दा बर्सेनी हजारौ बालबालिका मृत्यको शिकार हुने गर्दछन् । तर सोलुमा भने पछिल्लो समय कुपोषणका विरामी कम हुदै गएका छन् । खानपान, सरसफाई, सामान्य रोगका वेवास्ता गर्नु जस्ता कारण कुपोषण हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

जिल्लाका अधिकांस स्थानीय तहका स्वास्थ्य चौकीमा कुपोषण रोगी नभएको पाईएको छ । चालु आर्थिक वर्षमा माप्य दुधकोसी गाँउपालिकामा १, नेचा सल्यानमा २ जना कुपोषण रोगी विरामीले स्वास्थ्य उपचार गराएका छन् । भने अन्य गाँउपालिकामा कुपोषण बिरामीको संस्ख्या नभएको स्वास्थ्य साखा संयोजकहरुले. बताएका छन् । स्वास्थ्य संस्थामा हालसम्म कुपोषण रोगीनै हो भनी पहिचान हुन नसकेको महाकुलुङका स्वास्थ्य साखा संयोजक हरी प्रसाद आचार्यले बताउनुभयो । विश्वमै मृत्युको विकरलाल कारण कुपोषण देखिएका कारण देशका विभिन्न स्थानमा जनचेतना मुलक कार्यक्रमहरु पनि संचालन गरिएको छ ।

जसका कारण कुपोषण हुने सम्भावना बच्ने उपाय यावत कुराबाट सबै जानकार भएको नगरपलिकाको मातहतमा रहेको स्वास्थ्य चौकीका अहेब शान्तराम तामाङले बताउनुभयो । उहाका अनुसार जनचेतता संगै शिक्षाको विकास क्रम बृद्धि हुदै जानुका कारण पनि यस्ता रोगहरु कम हुदै गईरहेका छन् । विगतमा सामान्यतया २, ३ जना कुपोषण विरामी भेटिए पनि यो चालु आर्थिक वर्षमा भने स्वास्थ्य चौकीमा आएका विरामी मध्येबाट कुपोषण रोगीको पहिचान नभएको तामाङको भनाइृ छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित