शिक्षाको महत्त्व तथा नेतृत्व विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ५ स्थित कुम्याहीमा शिक्षाको महत्त्व तथा स्थानीयस्तरमा युवाको नेतृत्व विकास विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोशी गाउँपालीका वार्ड नम्बर ५ द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय मदरसा र बिद्यालयका विद्यार्थी तथा स्थानीयस्तरका १ सय जना युवायुवतीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ग्रामीण क्षेत्रमा जनचेतना अभावमा दिनप्रतिदिन शिक्षामा पहुँच घट्दै गएकोले जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वार्ड अध्यक्ष साहजमालले बताएका छन् । खासगरी ग्रामीण क्षेत्रमा पिछडिएका वर्ग का बालबालिका लाई बिद्यालय पढाउनुपर्छ र शिक्षित बनाउने सवालमा रुचि नभएको पाइएको वार्ड अध्यक्ष साहजमालको भनाइ थियो । आफूले पटकपटक दलित तथा पिछडिएका समुदायका बालबालिका लाई शिक्षा आर्जन गराउन सहयोग गर्न चाहेपनि कोहि सहयोग माग्न अहिलेसम्म नआएको अध्यक्ष साहजमालको भनाइ छ ।

शिक्षाको विकास हुनसके मात्र अरु विकासे कार्यले गति लिने भएकोले शिक्षा विकासमा आफूले जोड दिदै आएको साहजमालले बताए । कोशी गाउँपालीका वार्ड नम्बर ५ का अध्यक्ष साहजमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी युवायुवतीलाई सहजकर्ता संचारकर्मी पवन रौनियार र रिणा साहले प्रशिक्षण दिएका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित