विराटनगरमा हात्तीपाइलेको औषधि खुवाइँदै

विराटनगर / राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिको यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी महानगरपालिका भित्र हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने जनाएको हो । विराटनगर महानगरमा यसपटक २ लाख ४० हजार जनालाई औषधि खुवाउन लागिएको स्वास्थ्य महाशाखाकी प्रमुख लजिता योञ्जनले जानकारी दिइन ।

यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १५ दिन सम्म औषधि खुवाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २ सय ९२ केन्द्रहरुवाट औषधि खुवाइने योञ्जनको भनाइ छ । महानगरपालिका भित्रको कूल जनसंख्या २ लाख ४० हजार ५ सय ५ जनामा आर्थिक वर्ष २०७४÷०७५ मा ५३ हजार ५ सय ८८ ले मात्रै हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेको तथ्याँक प्रस्तुत गरिएको थियो । त्यतिबेला २६ प्रतिशतले मात्र औषधि सेवन गरेका थिए ।

हात्तीपाइले रोग लागेमा समयमै औषधि सेवन गरेमा यो रोग निको हुने बताउँदै प्रदेश स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले सबैलाई औषधि सेवन गर्न अपिल गरे । विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरवासी सबैलाई औषधि खाई रोगबाट बच्न अनुरोध गरे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित