३ प्रकारका पोर्न दर्शक: तपाई कुन प्रकारको ?

तपाईले पढ्नुभएको होला पोर्नोग्राफि (पोर्न भिडियो, अडियो)ले सेक्स लाइफ र दिमागमा समेत गम्भीर असर पुर्याउँछ। यस्ता रिसर्चहरुले जति पोर्न हेर्ने चाहनेहरुलाई त्यसो नगर्न सुझाउँछ, पोर्न हेर्नेहरु नै ३ प्रकारका हुने नयाँ रिसर्चहरुले खुलाएको छ।

पोर्न दर्शकको प्रकार

पोर्न हेर्ने सबै दर्शक उस्तै हुँदैनन्। यहाँ ३ प्रकारका पोर्न दर्शकको बारेमा बताइँदै छ जसमध्ये एकखालेलाई मात्र स्वस्थकर मानिन्छ। Sexual Medicine नामक जर्नलमा प्रकाशित एक रिसर्च अनुसार पोर्न दर्शकलाई Recreational, compulsive र distressed गरी ३ प्रकारमा विभाजित गरिएको छ।

Recreational (मनोरञ्जक) : यो रिसर्च अनुसार पोर्न दर्शक मध्ये सबैभन्दा बढी (७५ प्रतिशत) मनोरञ्जक पोर्न दर्शक रहेको पाइएको छ। यो समुहमा पर्ने व्यक्तिले हप्तामा २४ मिनेटसम्म (औसत) पोर्न फिल्म हेर्ने गरेको पाइयो। यो समुहमा बढी महिला र सम्बन्धमा रहेका व्यक्तिहरु हुने गरेका छन्। यो समुहमा पर्ने पोर्न दर्शकलाई स्वस्थ बताइएको छ। Compulsive (लत लागेको) : रिसर्चमा सहभागी मध्ये केवल ११.८ प्रतिशत भेटिएका यी पोर्न दर्शकलाई पोर्न फिल्मको लत लागेको भेटियो। हप्तामा ११० मिनेटसम्म पोर्न हेर्ने यो समुहमा बढी पुरुष पर्दछन्।

पोर्नमा लत लागेकाहरुले वास्तविक सेक्समा सन्तुष्टि लिन नसक्ने तर सेक्स गर्नमा भने सदैव आतुरता देखाउने र त्यसतर्फ अत्याधिक इच्छा देखाउने गर्छन्। त्यस्तै मनोरञ्जक समुहमा पर्ने पोर्न दर्शकले भने यसको ठिक उल्टो व्यवहार देखाउँछन्। मनोरञ्जक समुहमा पर्नेहरुले सेक्समा उच्च सन्तुष्टि लिनसक्ने र सेक्समा आतुरता अनि अत्याधिक इच्छा भने कम देखाउने गर्छन।

Distressed (चिन्तित) : यो समुहमा पर्ने व्यक्तिहरुले पोर्न फिल्म हेर्दा आफ्ना इमोशनल तथा मानसिक तनाव फिल्मसंगै जोड्ने गर्छन्। यो समुहमा पर्ने व्यक्तिले हप्तामा १७ मिनेट ( औसत ) पोर्न हेर्ने गर्छन्। यो समुहमा पर्ने दर्शकलाई पोर्न फिल्मको सक्रिय दर्शन मानिदैन। यो समुहमा निकै तनावमा आइरहने पर्छन् जो पोर्न फिल्मको एडिक्ट होइनन् तर गलत कारणले पोर्न हेर्छन्। विभिन्न अनलाइनहरूकाे सहयाेगमा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित