१० घन्टाभन्दा बढी समय सुत्ने बानी छ ?छ भने खतरा

मानव शरीरलाई आरामको आवश्यकता पर्छ । जसका लागि नियमित सुत्नु या निदाउनु जरुरी हुन्छ । मानिसको स्वास्थ्यअनुसार कम वा लामो समय सुत्नुपर्ने हुन्छ । बच्चालाई अलि बढी निदाउनुपर्ने हुन्छ । उमेर बढ्दै गएपछि कम निदाउँदा पनि फरक पर्दैन । स्वस्थ मानिसले दैनिक ६ देखि ८ घन्टा निदाउन जरुरी हुन्छ ।सामान्यतया थकित अवस्थामा बढी सुत्नुपर्छ भन्ने मान्यता छ । हाम्रो सुस्त जीवनशैली र अव्यवस्थित सुताइले हाम्रो मानसिक तथा तथा शारीरिक स्वास्थ्यमा असर पार्ने गर्छ । यदि मानिसमा १० घन्टाभन्दा बढी समय सुत्ने बानी छ भने त्यो मानसिक समस्या पनि हुन सक्छ । स्लिपिङ डिसअर्डरका कारण पनि मानिस लामो समय सुत्ने गर्छ :

 

स्लिपिङ डिसअर्डर

स्लिपिङ डिसअर्डर भएका मानिस अधिकांश समय आफूलाई थकित महसुस गर्छ । यसको कारण इन्सोमेनिया पनि हुन सक्छ । राति अबेरसम्म जाग्राम हुनु र उठेपछि पनि फ्रेस अनुभव नगर्नु यसका लक्षण हुन् ।स्लिपिङ डिसअर्डर विभिन्न तरिकाका हुन्छन् । बढी सुत्नु वा कम सुत्नु दुवै स्लिपिङ डिसअर्डर हो । बेडमा बसेको लामो समयसम्म पनि निद्रा नआउने, दिनभर निद्राको झड्का लागिरहने, रातमा बढी सपना देख्ने, छिनछिनमा ब्युँझिने, मुख सुक्ने, रातमा छटपटाहट हुने, निद्रामा हिँड्ने आदि कार्य स्लिपिङ डिसअर्डरका लक्षण हुन् ।कसैलाई निदाएको समयमा खुट्टाको नसा चल्ने समस्या हुन्छ । जसले निद्रा नलाग्ने पनि समस्या हुन सक्छ । निदाएको समय देख्ने २० प्रतिशत सपनालाई सामान्य मानिन्छ । योभन्दा बढी सपना देखिएको छ भने त्यो स्लिपिङ डिसअर्डर पनि हुन सक्छ । त्यस्तै, निद्रामा बोल्ने, हिँड्ने, असामान्य काम गर्नु आदिको कारण पनि स्लिपिङ डिसअर्डर हो ।कतिपयले थकावट र तनावका कारण सुत्नका लागि औषधिको सहारा लिने गर्छन् । जसले शारीरिक तथा मानसिक समस्या ल्याउन सक्छ । यस्तो औषधि सेवनको कारण स्लिपिङ डिसअर्डसमेत हुन सक्छ ।

मेन्टल हेल्थ

बिहान अबेरसम्म सुत्ने कारण डिप्रेसन पनि हुन सक्छ । विभिन्न अनुसन्धानले भनेका छन् कि स्लिपिङ डिसअर्डरजस्ता इन्सोमेनियाबाट डिप्रेसनको सम्भावना पनि हुन्छ । यदि कोही मानसिक समस्याबाट गुज्रिरहेको छ भने पनि उसलाई निद्रामा समस्या आउन सक्छ ।

मेडिकल कन्डिसन

मानसिक स्वास्थ्यले मात्र नभई शारीरिक स्वास्थ्यले पनि निद्रामा प्रभाव जमाउँछ । मांशपेशीको दुखाइको कारण पनि अनिद्राको समस्या हुन सक्छ । एनिमिया, थाइराइटिसजस्ता समस्या भएको अवस्थामा पनि नयाँ रोग जन्मिन सक्छ ।

हर्मोन परिवर्तन

आस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन जो–कोही महिलाका लागि अनिद्राको कारक बन्नसक्छ । मनोपोजले पनि निद्रा र गर्भाअवस्थामा समस्या उत्पन्न गर्छ ।

निद्राको कमी

निद्राको कमीले स्वास्थ्यमा मात्र असर पार्दैन । यसले त व्यक्तिको शारीरिक, भावनात्मक र आध्यात्मिक रूपमासमेत गलत प्रभाव पार्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित