न्यूरोमा १ दिने अर्थोपेडिक कार्यशाला सम्पन्न (तस्विरहरू सहित)

बिराटनगर / अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे “ २४ औं अर्थोकोन सम्मेलनको पुर्व संध्यामा आज एक दिने प्रि कन्फेरेन्स वर्कसप सम्पन्न भएको छ । बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलको सभा कक्षमा आज प्रि कनफेरेन्स भएको हो । कन्फेरेन्समा अर्थोपेडिक चिकित्सक एवं बिशेषज्ञहरुले, उपचार पद्दती एवं नयाँ उपलब्धीहरुबारे अनुभव आदान प्रदान गर्नुभयो ।

उक्त वर्कसपमा न्यूरो असपतालका वरिष्ठ अर्थोपेडिक (हाडजोर्नी) सर्जन तथा २४ औँ अर्थोकोनका आयोजना अध्यक्ष डाक्टर नविन कुमार कर्णको नेतृत्वमा अर्थोस्कोपीबाट हेर्ने तरिका, कृत्रिम जोर्नी फेर्ने तरिका, हड्डीको बिशेष शल्यक्रियालगायतको कार्य अनुभव तथा चिकित्सा क्षेत्रमा नयाँ प्रविधिबारे चर्चा गरिएको थियो । घुँडा सम्बन्धी शल्यक्रिया बारे प्रकास पार्दै ,भारतका एम्स अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन एवम् बिभागिय प्रमुख तथा डा. एच.एल नागले कुनै पनि शल्यक्रिया कसरी गर्ने तथा उक्त शल्यक्रियाको डाइग्नोसिस पद्धतिबारे अन्य प्रशिक्षार्थीहरुलाई जानकारी गराउनुभयो ।

वर्कसपमा १५ जना बरिष्ठ अर्थोपेडिक सर्जनहरुले आ—आफनो कार्य , उपलब्धी तथा हाडजोर्नी सम्बन्धी प्रयोगात्मक प्रस्तती गर्नु भएको थियो भने ३० जना अर्थोपेडिक सर्जनहरु प्रशिक्षार्थी को रुपमा सहभागी थिए । वर्कसपमा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टले बिराटनगर मेडिकल हबको रुपमा विकसित भइरहेको र हुदै गरेको अर्थोकोन २०१९ तथा प्रिकन्फरेन्स वर्कसपले यो कुरालाई प्रमाणित गरेको बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित