सावधान ! घोप्टो परेर अनि पेट थिचेर कहिल्यै नसुत्नुस्

धेरैजसो मानिस पेट थिचेर सुत्ने गर्छन् । यसो गर्दा आराम त पाइएला तर यसबाट हानि पनि त्यत्तिकै हुन्छ । तर यसका बारेमा धेरैजनालाई थाहै छैन । जान्नुस् पेट थिचेर सुत्दा के के नोक्सानी हुन्छ । तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।

कम्मरमा पीडा
पेट थिचेर सुत्दा मेरुदण्ड सिधा हुन पाउँदैन र यसमा समस्या आइदिन्छ ।
मांसपेशीमा समस्या
पेट थिचेर सुत्दा शरीरमा राम्ररी रक्तसञ्चार हुन पाउँदैन अनि मांसपेशीहरूमा पीडा र खुम्चिने समस्या आउँछ ।
गर्दनमा पीडा
पेट थिचेर सुत्दा गर्दनका मांसपेशीमा पीडा हुन थाल्छ ।
पाचन क्रियामा गडबडी
पेट थिचेर सुत्दा पेटमा दबाब पर्छ अनि पाचनक्रिया गडबड हुन्छ ।
मुखमा दाग
पेट थिचेर सुत्दा अनुहारको छाला थिचिन्छ जसका कारण अक्सिजन र रगतको प्रवाह राम्ररी हुन पाउँदैन अनि अनुहारमा दाग आउने र चाउरी पर्ने हुन्छ ।
जोर्नीमा पीडा
पेट थिचेर सुत्दा हाड र जोर्नीमा दबाब पर्छ र बिस्तारै यसमा पीडा बढ्न थाल्छ ।
टाउको दुख्ने
पेट थिच्दा गर्दनमा जोर पर्छ र रक्तसञ्चार गडबडाउँछ । यसो गर्दा टाउको दुख्ने समस्या हुन थाल्छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित