खोटाङ ऐसेलुखर्क स्वास्थ्य केन्द्रको एक्सरे मेसिन प्रयोग विहिन बन्दा गर्भवतिले पाए सास्ती

खोटाङ / खोटाङको एैसेलुखर्क गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ केन्द्रको एक्स रे मेसिन प्रयोग विहिन बनेको छ । स्वास्थ्या तथा जनंसख्यामन्त्रालयले स्वास्थ्य केन्द्रलाई ६ महिना अगाडि प्रदान गरेको एक्स रे मेसिन प्रयोग विहिन बनेको हो । गाँउपालिकाबासी एक्सरे गर्नका लागि दिक्तेल कि सोलखुम्बुको फाप्लु धाउनु पर्ने बाध्यता रहेको छ । एक्सरे मेसिन प्रयोगमा नआउदा गर्भवतिले सास्ती भोग्नुपरेको छ ।

गर्भवतिले एक दिनका यात्रा गर्नुपर्ने बाध्यता रहेकोे स्थानिय अनिल पुरीले गुनासो गर्नुभयो । यातायातको पहुच गाँउपालिका सम्मपुगे पनिकच्ची बाटो, गाडि फेर्नु पर्ने भएकाले एक दिन समय खर्चिनु परेको पुरीको भनाई छ । स्वास्थ केन्द्रका स्टाफ नर्स चण्डिका कट्वालले जनशक्ति अभावले एक्सरे मेसिन प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो । मेसिन प्रयोगमै नआई बिग्रने संभावना बढेको उहाँको भनाई छ । गाँउपालिका अध्यक्ष विश्वनाथ निरौलाले मन्त्रालयमा पटक पटक कर्मचारी माग गरेपनि उपलब्ध नभएको बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित