वीपी प्रतिष्ठानद्वारा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा, आत्मनिर्भर हुँदा ठुलो खर्च जोगिने

धरान / अक्सिनको अभावबाट अब प्रतिष्ठान मुक्त हुन भएको छ । प्रतिष्ठानले आफै अक्सिन उत्पादन थालेसँगै अभावका कारण विरामीले खप्दै आएका समस्याबाट मुक्त हुने भएका हुन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारबाट नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्रतिष्ठान परिषरमा ३ करोड २४ लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो । उक्त अक्सिजन प्लान्टको उद्घाटन विहीबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका उपकुलपती प्रा.डा राजकुमार रौनियार र अस्पताल निर्देशक प्रा.डा गौरीशंकर साहले संयुक्त रुपमा गर्नुभयो । अक्सिजन प्लान्टको उत्पादन क्षमता १६ सय लिटर प्रतिमिनेट रहेको प्रतिष्ठानका बायोमेटिकल इन्जिनियर प्रदिपराज साहले बताउनुभयो । प्रतिष्ठानमा दैनिक ८ सय लिटर प्रतिमिनेट अक्सिजनको आवश्यकता रहेपनि यसको उत्पादन क्षमता दोब्बर रहेको उहाँले बताउनुभयो ।

प्रतिघण्टा १० वटा र प्रतिदिन ६० वटासम्म सिलिण्डर भर्न सकिने बुस्टर क्षमता रहेको उहाँले बताउनुभयो । उक्त सिलिण्डर १.५ क्यूविक मिटरको हुन्छ । स्वच्छताको हिसाबले ९२–९३ प्रतिशतलाई उत्कृष्ठ मानिएपनि प्रतिष्ठानको प्लान्टमा ९७ प्रतिशत स्वच्छ अक्सिजन उत्पादन हुने बताउनुभयो । ५ दिनदेखि परिक्षणमा रहेको उक्त प्लान्ट विहीबारदेखि २४ घण्टा सञ्चालमा ल्याइने उहाँले बताउनुभयो ।

प्लान्टमा जडान गरिएका एयर कम्प्रेसर, एयर टेङक, एयर ड्राइयर, एयर जेनेरेटर प्लान्टलगायतका उपकरणहरु इटालियन, जर्मनी कम्पनीका रहेको छ । प्रतिष्ठानको स्थापना कालदेखि सञ्चालनमा ल्याइएको २ सय ८० लिटर प्रतिमिनेट क्षमताको पूरानो अक्सिजन प्लान्ट ६ महिनादेखि विग्रिएर बन्द हुँदा प्रतिष्ठान पूरै अक्सिजनमा अरुसंग आत्मनिर्भर बन्नु परेको थियो । प्रतिषठनले दैनिक ६० देखि ७० हजार रुपैयाँसम्म अक्सिजन खरिद गदै आएको, तर त्यसको अन्त्य भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीसंकर साहले बताउनुभयो ।

अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि अक्सिजनमा प्रतिष्ठान पूर्ण आत्मनिर्भर बनेको प्रतिष्ठानका उपकुलपती राजकुमार रौनियारले बताउनुभयो । उहाँले सिलिण्डर प्रथालाई विस्थापीत गदै पाइपको माध्यमबाट विरामीको प्रत्येक बेड–बेडमामा अक्सिजन पु¥याउने योजनामा रहेको बताउनुभयो । प्रतिष्ठानले १३ सय २० लिटर प्रतिमिनेट बढी अक्सिजन उत्पादन सुरु गरेपछि रौनियारले अस्पताल विकासमा ठुलो फड्को मारेको बताउनुभयो । अक्सिजन विरामीको लागि अत्यावश्यक हुने भएकाले विग्रिएर थन्कीएको अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याउने बताउनुभयो । वषौ अक्सिजनमा आत्मनिर्भर बन्नुपरेको प्रतिष्ठानले अब आफैले उत्पादन गरेको अक्सिजन विक्री गर्ने योजनामा रहेको बताउनुभयो ।

३ करोड २४ लाखमा डायनोष्टिक केम इन्टरनेशनलले २ वर्ष अघि नै ठेक्क सम्झौता गरेर भारतको यूनिशी इन्डिया प्रालिमार्फत अक्सिजन प्लान्टको उपकरणहरु ल्याएको थियो । तर, उक्त उपकरणहरु जडान गर्नुपर्ने कम्पनीको दायित्व भएपनि जडान नगरी दिएपछि उपकरणहरु त्यतिकै थन्किएको थियो । त्यतिकै उपकरण थन्कएपछि प्रतिष्ठानले धेरै घाटा खेप्नु परेको थियो । उपकणहरु त्यतिकै थन्किएपछि प्रतिष्ठानले खरिद गरिएको भारतकै कम्पनीलाई जडान गरी दिन आग्रह गरेपछि सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित