इ-सिग्रेट तान्दा तान्दै भयाे विष्फोट, उपचारकै क्रममा युवाको मृत्यु

काठमाडैं / शहरी क्षेत्रका युवामा इ–सिग्रेट पिउने लहड छ । वास्तविक धूमपानभन्दा केही कम असरदार भएकाले युवापुस्तामा इ–सिग्रेटको प्रयोग बढ्दो मात्रामा छ । यद्यपि इ–सिग्रेट प्रयोगको क्रममा ध्यान नदिए तत्कालै ज्यान पनि जान सक्ने एक घटनाले देखाएको छ ।

अमेरिकाको टेक्ससमा ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको ज्यान गएको छ । प्रयोग गरिरहेको क्रममा इ–सिग्रेट विष्फोट भएपछि अस्पताल पुयाइएका उनको उपचारका क्रममा ज्यान गएको हो । २५ औं जन्मदिन मनाउन गइरहेका विलियम ब्राउन नाम गरेका व्यक्तिको गत जनवरी २९ मा ज्यान गएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।

गत जनवरी २७ मा एक स्टोरमा इ–सिग्रेट विष्फोट भएको थियो । ब्राउन उक्त स्टोरमा इ–सिग्रेटको प्रयोगबारे समस्या समाधानको लागि स्टोरमा गएका थिए तर उनले केही किनेका भने थिएनन् । उक्त स्टोरमा उक्त ब्राण्डको इ–सिग्रेट भने थिएन ।

विष्फोटपछि ब्राउनलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो । इ–सिग्रेट विष्फोटको कारण उनको घाँटीमा चोट पुगेको पाइएको थियो । विष्फोटपछि इ–सिग्रेटको तीन टुक्रा ब्राउनको घाँटीमा पाइएको थियो । उनका परिवारले भने डक्टरले सही ढङ्गले उपचार नगरेको कारण उनको ज्यान गएको आरोप लगाएको छ ।

इ–सिग्रेट तथा भेप पेन ब्याट्रिबाट चल्ने डिभाइस हुन् । यिनीहरुले एरोसोलको प्रयोग गरी नियमित सिग्रेटको धुवाँ निकाल्ने गर्छन् । एक अध्ययनमा १० मध्ये एकभन्दा बढी वयस्क व्यक्तिले इ–सिग्रेटको प्रयोग गर्ने गरेको पाइएको थियो ।

सन् २००९ देखि २०१६ सम्ममा अमेरिकामा अहिलेसम्म १ सय ९५ भन्दा बढी इ–सिग्रेट विष्फोटको घटनाहरु आइसकेका छन् । गत मे महिनामा पनि इ–सिग्रेट विष्फोटबाट एक व्यक्तिको ज्यान गएको समाचार सार्वजनिक भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित