रहेनन् पेटदेखि छातीसम्म जोडिएका जुम्ल्याहा

सुर्खेत/ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ। तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गएराति मृत्यु भएको हो। एक साताअघि र रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन्। श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा‍. राजीव शाहले जानकारी दिए। ‘भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो’, उनले भने, ‘मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिँदैन।’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित