सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टरमा जन्मियो बच्चा

सोलुखुम्बु / सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । गर्भवति महिला लिएर काठमाडौं लैजादै गर्दा आकाशमै एक शिशुको जन्म भएको हो । विहान सोलुको नुनथलाबाट उडेको कैशाल हेलिकोप्टरमा काठमाडौं जादै गरेकी नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् । कैलास हेलिकप्टरका अपरेसन इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुर आसपास पुगेपछि शिशुको जन्म भएको हो । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित