धरान बीपी प्रतिष्ठानका ईन्टर्न डाक्टरहरु तलब सुविधा बढाउनु पर्ने भन्दै आन्दोलित

धरान / डा गोविन्द केसीको समर्थनमा आन्दोलन सकिए लगर्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ईन्टर्न डाक्टरहरुल तलब सुविधा बढाउनु पर्ने लगायतका माग राख्दै आन्दोलित भएका छन् ।

१ वर्ष अगाडी देखीनै आफ्नो समस्याको वारेमा प्रतिष्ठान व्यस्थापनलाई जानकारी गराएको भएपनि वेवस्था गरेको भन्दै उनिहरु सोमबार देखी काम छोडेर प्रतिष्ठानका उपकुलपतिको कार्यालय अगाडी धर्नामा वसेका छन् । इन्टर्न डाक्टरहरुलाई दिईदै आएको तलब सुविधा १२ हजार रुपैयाँबाट बढाएर कम्तिमा १६ हजार पु¥याउनु पर्ने, प्रतिष्ठान प्रसासनले विद्यार्थी कल्याण कोषको रकम विद्यार्थीकै हितमा प्रयोग गर्नु पर्ने, प्रतिष्ठानको नियम अनुसार वार्षिक रुपमा तलब वृद्धिदर लागु गर्ने पर्ने र नाईट ड्युटीको भत्ता दिईनु पर्ने लगाएतमा माग पुरा नभए सम्म आफुहरु काममा नफर्कने विद्यार्थी कल्याण समाज अध्यक्ष अभिषेक अमरले वताउनुभयो ।

विद्यार्थी कल्याण समाजले गत असार १३ र असोज २५ गते बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालसमक्ष आफ्ना मागहरुसहितको निवेदन पेश गरेका थिए । निवेदनमाथी सुनुवाई नभएपछि उनीहरुले माघ १० गते उपकुलपति प्रा.डा.राजकुमार रौनियार समक्ष सात दिने अल्टिमेटम सहित अर्को निवेदन पेश गरेका थिए । कतैबाट सुनुवाई नभएपछि निर्णायक आन्दोलन थालेको समाजका अध्यक्ष डा.अभिषेक अमरले बताउनुभयो । प्रतिष्ठानको आकस्मिक कक्ष, ओपिडी र विभिन्न वार्डमा कार्यरत तथा धनकुटा, इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी र सुनसरीका विभिन्न अस्पतालमा इन्टर्न गरिरहेका एमबीबीएस र बिडिएस डाक्टरहरु विद्यार्थी कल्याण समाजको व्यानरमा प्रतिष्ठानमा धर्नामा बसेका छन् । प्रतिष्ठान र अन्य अस्पतालमा जम्मा १ सय ५० इन्टर्न डाक्टरहरु कार्यरत छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित