इटहरी किड्स हयाप्पी होम र आईरिस फ्लोरेट्स किड्स बीच सम्झाैता


इटहरी / इटहरी किड्स हयाप्पी होम र  भारतकै नं. १ चेन स्कुल मानिएकाे आईरिस फ्लोरेट्स बीच सम्झाैता भएकाे छ । सम्झाैता संगै पूर्वमा किड्स हयाप्पी होम आईरिस फ्लोरेट्सकाे पहिलाे चेन स्कुल बन्न सफल भएकाे छ । सम्झाैता अनुासर आईरिस फ्लोरेट्सले ड्रेस, एकेडेमिक टुल्स, किताबहरू, टिचर ट्रेनिड, सटिफिकेशन लगायतका कुराहरूमा सहयाेग गर्ने जनाइएकाे छ ।

बिगत ६ बर्षदेखि सञ्चालनमा रहेकाे यस प्रि–स्कुलमा हाल कक्षा २ सम्म अध्यापन रहदै अाएकाे छ । कक्षा २ सम्म सञ्चालित यो प्रि–स्कुलमा नेपालमै पहिलोपटक टल्किङ्ग पेन (Talking Pen) को सहायताबाट अध्यापन गराईने ब्यबस्था समेत गरेकाे छ । सो पेनका कारण स–साना नानीहरुको अंग्रेजी अक्षर र शब्द उच्चारण शुद्ध हुने भएकोले यो प्रभावकारी रहने बिद्यालयकी प्रिन्सिपल रिता भुषालले बताइन् । आगामी दिनमा मन्टेश्वरीले आईरिस फ्लोरेट्स बीच सम्झाैता गरे संगै विद्यार्थीहरूलाइ थप क्षमता अभिवृद्धी गर्न सहयाेग पुग्ने विश्वस लिएकाे बताइन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित