बुढीगंगामा लक्ष्मी मा. वि. को स्वर्ण महोत्सव, राष्ट्रिय कलाकारको जम्काभेट


मोरंग / मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. ७ डंग्राहा-शनिहाटमा अवस्थित लक्ष्मी माध्यमिक बिधालयले ५० बर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ। आफनै बिधालयको परिसरमा ३ दिन सम्म उक्त स्वर्ण महोत्सव मनाउन लागिएको हो। आगामी माघ २५ गते देखि २७ गते सम्म हुने स्वर्ण महोत्सवमा बिबिध कार्यक्रम संगै राष्ट्रियका ख्याती प्राप्त कलाकार श्री कृष्ण लुइँटेल (बोके दाह्री), शिवहरी नेपाल, दमन रुपा खेती, शिव शंकर रिजाल (जोगिन्दर) र स्थानीय समुदायका चर्चित कलाकार राजेन्द्र खाँ, कृष्ण खवास, देवकृष्ण बिश्वास र गीता चौधरी आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ।

उक्त कार्यक्रम गर्नका लागि घरदैलो, देउसी भैलो र सहयोगीदाताबाट चन्दा संकलन र स्थानीय निकाय गरि सहयोग ६ लाख २५ प्राप्त भएको र महोत्सवमा १४ लाख ८ हजार भन्दा बढी खर्च लाग्ने ब्यबस्थापन समितिका अध्यक्ष पंकज चौधरीले जानकारी दिनुभयो। त्यसै गरी बि.स २०२५ सालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा सो बिधालयको नामकरण स्वयंले गरेको र कार्यक्रममा उल्लेखनीय योगदान पुर्याउनु हुने बिधालय संस्थापक कोषाध्यक्ष उतिमलाल चौधरी, संस्थापक सदस्यहरु पथरलाल गच्छदार र अनसघरु माझीलाई बिशेष सम्मान गर्ने स्वर्ण महोत्सवका लागि प्रचार प्रसार समिति संयोजक रहेका चनकलाल चौधरीले जनाएको छ।

सो विधालयका प्राध्यानाध्यापक हरि प्रसाद खतिवडाले बिधालयको संस्कृती, इतिहासका प्रतिभाहरु प्रस्तुत गर्न, बिधालय प्रति अपनवत्व भावना जागृत गराउने उद्धेश्यले कार्यक्रम गरको र हिंसारहित नाटक, बालबालिकाको प्रतिभा प्रस्तुति रहने बताउनु भयो। माघ २५ गते शुक्रबार अर्थात कार्यक्रमको पहिलो दिनको समुदघाटन प्रदेश नं. १ का सांसद चुमनारायण तबदारले गर्नुहुने र राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेल, स्थानीय कलाकार देव कृष्ण बिश्वास र आडल सिंगर कृष्ण खवास मुख्य आकर्षण रहनेछ ।

त्यसै गरि दोस्रो दिन राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सम्बोधन गर्ने छ भने राष्ट्रिय कलाकार दमन रुपा खेति, शिवहरी नेपाल र शिवशंकर रिजालको प्रस्तुती रहने छ। अन्तिम दिन थारु चर्चित कलाकार राजेन्द्र खाँ र गीता बिश्वासको रहने आयोजकले जनाएको छ । त्यसै गरि बिधालय परिसरमा ४ लाख ५ हजार लागतमा निर्माण भएको धरहरा समेत आकर्षणको रुपमा रहेको छ।

आयोजक समितिले उक्त महोत्सवमा बिभिन्न उप समिति समिति गठन गरेको छ भने कार्यक्रमलाई मर्यादित र अनुशासनमय बनाउन १ सय स्वसेवक समेत परिचालन गर्नेछ भने शान्ति सुरक्षा ब्यबस्थापनका लागि इलाका प्रहरी कार्यालय हरैंचा र सशस्त्र बेश क्याम्प डंग्राहाले समन्वय गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित