प्याब्सन विकास निर्माणको रोलमोडेल हुन सक्दैन ?

संस्थागत विद्यायको साझा सङ्गठन प्याब्सन नेपाल प्रदेश नम्बर-१ को मिति २०७५ साल माघ-१२ गते इटहरीमा सम्पन्न दोस्रो महाधिवेशनमा प्याब्सन केन्द्रीय कार्यसमिति प्रायःसिङ्गो उपस्थितले निजी तथा आवासीय विद्यालयको हितमा सम्पूर्ण केन्द्रीय प्याब्सनिष्ट पदाधिकारीहरु कृयाशील छन् भन्ने सन्देश प्रवाह त अधिवेशन हलमा र आम मासमा भएको छ।सबैका मन्तव्यपनि रातो राम्रो गुलियो मिठो भने झै राम्रै लाग्यो।केही खस्रामसिना सगठानात्मक जटिलताको विषय उठान गर्ने समयपनि थिएन फेरि यो प्रदेशमा त्यस्तो अवस्थापनि थिएन र भएन पनि।

निवर्तमान अध्यक्ष नारायण घिमिरेले आफू पुनःप्रदेश अध्यक्ष बन्ने भन्दापनि सङठनको नेतृत्व विकासलाई सर्वोपरि ठानी पुनःउम्मेद्बारी नदिने घोषणा पश्चात् अध्यक्ष युवराज वाशिष्ट(इलाम),उपाध्यक्षद्वय मिलनकुमार ढुङ्गाना (झापा) ज्ञानेन्द्र दाहाल(सुनसरी) निर्विरोध र बाकी वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल(मोरङ),सचीव सुमित थापा (सुनसरी) र कोषाध्यक्ष जस्ता पदहरुमा लोकतान्त्रिक चुनावी प्रक्रियामार्फत पदाधिकारी निर्वाचित भएर त्यही दिन पदिय गोपनियताको पदभार तथा शपथ ग्रहणपनि नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले लिए पश्चात् अधिवेशन सफलतापूर्ण समापन भएको छ।यसले प्याब्सन प्रदेश नम्बर-१ भूगोलले मात्र होइन कार्य सम्पादनका हिसाबले पनि सधै अगाडि सबैमा अगाडि रहेको उदाहरणीय सन्देश प्रवाह गर्न सफल भएको छ।

लक्ष्मीप्रसाद कोइराला

देशको शैक्षिक विकासमा निजी विद्यालयको भूमिकालाई कसैले कम आकलन गरेको छ भने त्यो दृष्टिभ्रम सिवाय केही होइन।अभिभावकको चाहना आफ्ना नानीहरू सफल र दक्ष हुन् ।कुनैपनि क्षेत्रमा गएर प्रतिस्पर्धा गर्न सकुन।सीप जानेर व्यहारमा उतार्न सकून्।अनुशासित तथा नैतिवान छोराछोरी हुन्।हुलमुलमा नलागून।उदण्ड नहुन भन्ने सबैको इच्छा र अपेक्षा हुन्छ।त्यो कुरा निजी विद्यालय सञ्चाकले राम्रो ढङ्गले बुझेका छन् र आफ्नो तन काटेर स्थापना गरेका विद्यालको अरबौको भौतिक संरचना,अरबौको शैक्षिक सामाग्री,प्रविधिमैत्री शिक्षण क्रियाकलाप,विभिन्न तालिम,सेमिनार,गोष्ठीका माध्यमबाट शिक्षण सिकाइ गराउदै दक्ष जनशक्ति उत्पादन गरिरहेको घाम झै छर्लङ्ग छ।तर यस्ता विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण कठोर बन्दै गइरहेको अवस्थामा निजी विद्यालय सञ्चाकहरुको साझा सङ्गठनले निम्न कार्यहरू गर्न आवस्यकता देखिन्छ।

१.प्याब्सन समाजका लागिपनि हो भन्ने पुष्टि गरेर देखाउन समाजले देख्ने र अनुभुत गर्नेगरी कुनै त्यस्तो सामाजिक कार्यको विकास योजना प्याकेज सार्वजनिक गरि मातहतका सदस्य विद्यालयहरुलाई परिचालन गरिनु आवश्यक छ।
२.अबका दिनमा राज्यले त्रैभाषिक भाषा नीति अवलम्बन नगरी सुखै छैन त्यसकारण निजी विद्यालयहरुले पनि समय, काल,परिस्थिति र भाषिक बाहुल्यताको स्थान हेरेर आफ्ना विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी गरी दुईभाषामा मात्र शिक्षण सिकाइको माध्यम भाषा बनाउदै आएको अवस्थामा केही त्यस्ता निजी विद्यालयपनि हुन जसमा मातृभाषी विद्यार्थी सङ्ख्या र अनुपात हेरी तिनीहरुको मातृभाषामै अध्ययन गर्न पाउने मातृभाषी निजी विद्यालय पनि हुन आवश्यकता देखिन्छ।
३.टुटफुटभन्दा एकजुट हुनु निजी विद्यालयको हितमा पनि छ र देशको शैक्षिक विकासमा निजी क्षेत्रको भूमिका प्रष्ट पार्न सहजपनि हुन्छ तर प्याब्सन र एनप्याब्सन ब्यानर बोकेर कित्ताकाट गर्दै हेड्ने अनि सरकारले हाम्रो कुरा सुनेन भन्नू नेतृत्वको कमजोरी हो।आफू नमिल्ने अनि अरुलाई दोष दिने हुन सक्दैन।सबै नेता हुनलाईमात्र संघसंगठन होइन ।
४.विकास निर्माणकार्यमा पनि प्याब्सनले एउटा अभियान चलाउन सक्नु पर्छ।जस्तो धुर्मुस सुन्तली फाउन्डेसनले सबै नेपालीको मन जितेको छ त्यस्तै विकास निर्माणकको सम्भाब्यता अध्ययन गर्न प्याब्सनलाई गाह्रो छैन।आफ्नै जनशक्तिलाई उपयोग र प्रयोग गरे पुगि हाल्छ।म एउटा सामान्य शिक्षकले पढाएका विद्यार्थीहरु त सयौंको सङ्ख्यामा डाक्टर र इन्जिनियर भएका छन् भने पचासौं वर्ष विद्यालय स्थापनाको इतिहास बोकेका विद्यालयका त्यस्ता सक्षम जनशक्ति हजारौं हाम्रापनि छन् राम्रापनि छन्।
बरु तिनीहरू पलायन भएका छन् ।तिनीहरूलाई स्वदेशमै उपयोग र प्रयोग गर्ने कुनै योजना बनाएर जनसरोकारका सबालमा या विकास निर्माणका सबालमा जनताले प्रत्यक्ष अनुभुति गरिहाल्ने कार्ययोजना बनाई तिनीहरूले नेतृत्व गर्नेगरी निजी विद्यालय सञ्चालले अबका दिनमा एउटा अभियान्ताको भूमिका खेल्न अग्रसर हुनु पर्छ।
५.नेपालको विकास निर्माणको रोलमोडेल यो पनि हो है निजी क्षेत्रको भनेर नेपाल सरकारलाई योजना दिन सक्नु पर्छ।सन्दुक रुइत जस्तो एकजना डाक्टरले एक्लै भएपनि अभियान चालाएका छन् भने प्याबसन र एनप्याब्सनमा हजारौं सदस्य विद्यालयहरु र त्यससँगै जोडिएका अभिभावक र विद्यार्थीहरु छन् अनि हामीपनि दब्बु र कजोर छैनौ है भनेर नेपाल सरकारलाई बुझाउन र देखाउन सक्नु पर्छ।

६.प्याब्सनले पहिलेको जस्तो देशव्यापीरुपमा खेलकुद सप्ताह चलाउने,सास्कृतिक कार्यक्रम गराउने,परीक्षा सञ्चालन गराउने,तालिम,सेमिनार,गोष्टि तथा साहित्य कलाका विविध विधामा आफ्ना विद्यार्थीहरुको प्रतिभा पहिचान गर्दै अझै प्रगति गर्न प्याब्सनले आफ्नो ब्यानर त दिएको छ तर मान्छेका आवश्यकता असीमित हुने हुनाले समय सापेक्ष अरु कार्यक्रमहरु पनि थपिनु आवश्यक छ।

७.अबका कार्यहरु सम्भव भएसम्म सामाजिक जनसरोकार सम्बन्धित,विकास निर्माणकार्यको पहलकदमी लिने खालका,चेतनामूलक कार्यक्रमहरु, सहभागितामुलक विभिन्न कार्यक्रमहरु,वर्क सप,प्रोजेक्ट वर्क तथा प्रयोगात्मक प्रदर्शनी जस्ता कार्यक्रमहरु थपगर्नु पर्दछ र आवश्यक पनि छ जस्तो मलाई त लाग्छ अगुवाहरुको अभिमतपनि यस्तै होला कि?? सुझाव पाउन पाए आभारी हुने थिएँ।
धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित