कञ्चन स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालन

काठमाडौँ / अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर नयाँ टेलिभिजन सञ्चालनमा आएको छ। विना तार टिभी हेर्न सकिने प्रविधियुक्त कञ्चन स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको हो। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त टेलिभिजनको बारेमा जानकारी दिइएको हो।

कञ्चन स्काई टेलिभिजनले विभिन्न बहुराष्ट्रिय कम्पनीहरुसँगको लामो छलफलपछि नेपाल सरकारको मल्टी च्यानल मल्टी पोइन्ट डिस्ट्रिव्युसन सिस्टम (एमएमडीएस) प्रविधिमा आधारित रहेर टेलिभिजन सञ्चालनमा ल्याएको जनाएको छ। कञ्चन स्काई डिजिटल वायरलेस टीभी विनातार टीभी हेर्न सकिने प्रविधि हो जसलाई विश्वका धेरै‌ देशहरुले प्रयोग गर्दै आएका छन्। प्रविधिका हिसाबले सजिलो र भरपर्दो भएकै कारण पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको हो। नेपालजस्तो भौगोलिक विकटता रहेको देशमा एक ठाउँबाट अर्को ठाउँसम्म तारसहितको टेलिभिजन लैजान सम्भव नभएको र त्यसले धेरै क्षेत्रलाई समेटन गार्‌हाे भएका कारण यसखाले प्रविधियुक्त टेलिभिज सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

‘सानो देश र भौगोलिक जटिलताका कारण शहर नजिकको एउटा अग्लो स्थानमा यसको प्रसारण केन्द्र स्थापना गर्दा सजिलै हरेक नेपालीहरुको घर घरमा डिस एन्टिनामार्फत उच्च स्तरीय गुणस्तरमा टीभी हेर्न सकिन्छ’, पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो सानो देशमा थुप्रै च्यानेलहरु स्याटेलाइमार्फत प्रसारण गर्दा र शहर भरि तारहरुमा ठूलो मात्रामा लगानी हुने हुँदा त्यसको विकल्पको रुपमा यो प्रविधिलाई लिन सकिन्छ।’ विना तार सजिलै सबै ठाउँमा पुग्न सकिने र मर्मत पनि कमै मात्रामा गर्नुपर्ने भएका कारण आफूहरुले यसखाले प्रविधियुक्त टेलिभिजन रोजेको र त्यसमा आफू सफल भएको कञ्चन स्काईले जनाएको छ।


घर–घरमा सूचनाको पहुँच पु¥याउने उद्देश्य र संकल्पका साथ वायरलेस टीभीमार्फत् विभिन्न स्थानमा टावर स्थापनागरी १६० माथिका एसडी, एचडी र फोरके प्रविधिको गुणस्तरीय वारलेस टीभी सेवाका साथै स्थानीय रुपमा प्रशारण केन्द्र स्थापनागरी तार रहित सेवा सञ्चालनको प्रयासमा लागेको कञ्चन स्काई टेलिभिजनले जनाएको छ। यसबाट नेपालमा सबै वर्गका उपभोक्ता तथा समग्र नेपाली संचारको विकासमा टेवा पु¥याने विश्वास टेलिभिजनले लिएको छ।

हाल भू–उपग्रहमार्फत प्रशारणमा रहेका नेपाली टेलिभिजनहरु र स्थानीय टेलिभिजन गरी ३० निशुल्क र १३० गरी कुल १६० च्यानलसहितको सेवा टेलिभिजनले न्यूनतम शुल्कमा उपलब्ध गराउने जनाएको छ। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नियमको पालना गर्दै स्वस्थ प्रतिस्पर्धामार्फत आफूलाई वैकल्पिक वायरलेस टीभी सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न चाहना टेलिभिजनले राखेको छ। सुदूरपश्चिमको महाकाली–महेन्द्रनगरबाट दुई वर्षअघि आरम्भ भएकाे यो सेवा हाल काठमाडौँमा थप प्रशारण केन्द्रको स्वीकृत लिई केन्द्रबाट वायरलेस डिजिटल टीभी सेवा सञ्चालनको गरिएको हो। भविष्यमा कम्पनीले देशभरि नै सेवा विस्तार गर्ने र लक्ष्य लिएको छ।

प्रतिक्रिया

सम्बन्धित