किन्डर पिलरका स–साना नानीहरूकाे यस्ताे प्रतिभा ( १० तस्विरहरू)

इटहरी / इटहरी स्थित  किन्डर पिलर प्रिस्कुलले आफ्नो स्थापनाकाे तेस्राे वार्षिकाेत्सव मनाएकाे छ ।  अमेरिकन फर्म्याटमा संचालित प्रदेश नं. १ कै उत्कृष्ठ स्कुलले बिविध कार्यक्रमका बिच आफ्नो तेस्राे वार्षिकाेत्सव सम्पन्न गरेकाे हाे । कार्यक्रममा स–साना बालबालिकाहरूले  नृत्य, गायन, नाटक, चित्रकला  लगायत विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । बालबालिकाहरूले प्रस्तुत गरेकाे मोबाइल नहुदाको जीवन र माेवाइल हुदाखेरीकाे जीवन सम्बन्धी नाटकमा अभिभावकहरू निकैने रोमान्चित देखिन्थे ।

कार्यक्रममा प्रदेश नं १ प्याब्सन सचिव सुमित थापा, सामाजिक अभियनन्ता चाँद इराकी, इम्पेरियल लाउन्जका अध्यक्ष गाेपाल गिरी लगायतहरूकाे उपस्थती रहेकाे थियाे । कार्यक्रममा स्कुलकी निर्देशक श्रुति शर्माले  मन्टेश्वरीको नाममा बालबालिकालाई कोठाको चौघेरामा थुन्ने मात्र नभएर उनीहरुको रोजाईमा व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताइन्  । इटहरी तथा बिराटनगर संचालनमा रहेकाे किन्डर पिलर प्रिस्कुलले आफ्ना बालबालिकालाई प्रयोगात्मक ज्ञान दिदै आइरहेकाे छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित