सिबिद्वारा न्याना कपडा वितरण

इटहरी / सिबि कलेज इटहरी र प्रिमियर होटेल स्कुल इटहरीको आयोजनामा प्राथमिक तहका १ सय १० बढी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा पकली मावि, इटहरी १७ का प्राथमिक तहमा अध्ययनरत विपन्न वर्गका बालबालिकाहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो ।

पकली माविको हलमा आयोजित स्वेटर वितरण कार्यक्रममा सिवी कलेज तथा सगरमाथा कलेजका अध्यक्ष दिनेश भट्टराई र प्राचार्य सागर भट्टराईले स्वेटर लगाई दिई कार्यक्रमको उद्घाटन गरेका थिए । अधिकांश मुसहर जातिका बालबालिका जाडो याममा पनि नाङ्गो खुट्टा र पातला लुगामा विद्यालय आउँदा पठनपाठनमै अप्ठ्यारो परेको थियो । सिवि कलेजको सामाजिक सहकार्य कार्यक्रम अन्तर्गत वितरित न्यानो कपडामा प्रिमियर होटेल र लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले पनि सहकार्य गरेका हुन् ।

कार्यक्रममा कलेजका अध्यक्ष दिनेशकुमार भट्टराई, प्राचार्य सागर भट्टराई र प्रिमियर होटेल स्कुलको सहसचिव तथा प्याब्सन सुनसरीका उपाध्यक्ष नेल्सन थानेश्वर ढकालले मन्तव्य राखेका थिए । कार्यक्रममा सिवि कलेजका लेखा संयोजक दयाराम भट्टराई, प्रमुख शैक्षिक सल्लाहकार डा.दिवाकर रेग्मी, संचालक खेमराज बास्तोलाको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक हरिराम भट्टराईले संचालन गरेको कार्यक्रमको अध्यक्ष देवनारायण चौधरी रहेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित