हेर्नुहाेस् । पशुपतिनाथ मन्दिरमा म्याकको ल्यापटप चलाउँदै साधु


काठमाडौं / ‘साधुसन्त सांसारिक माया, मोह, आफन्तबाट टाढा हुन्छन् । नेपाल, भारत वा अन्य देशका साधुसन्त प्रायः धार्मिक गतिविधिमा मात्रै केन्द्रित हुन्छन्, उनीहरूलाई विज्ञान र प्रविधिको चासो हुँदैन’ भन्ने गरिन्छ ।

तर, पछिल्लो समयको विज्ञान र प्रविधिको विकासलाई साधुसन्तले पनि पछ्याइरहेको देखिन्छ । यहाँ देखिएको तस्बिरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेका एक मन्दिरमा बसेका साधु ल्यापटप चलाइरहेका छन् । त्यो पनि एप्पल कम्पनीको ।

लामो कपाल र दाह्री भएका यी साधु निकै वृद्ध पनि देखिन्छन् । उनको कपालको जटा कम्पतीमा पनि तीन चार फिट लामो देखिन्छ । दाह्री बाँधका छन् । तर, तस्बिरमा हेर्दा उनी ल्यापटप चलाउन निकै पोख्त रहेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित