सुकुना क्याम्पसकाे प्रमुखमा श्रेष्ठ, भट्टराई सेवा मुक्त 

सुन्दरहरैचा / माेरङकाे सुन्दरहरैचा स्थित सुकुना बहुमुखी क्याम्पसकाे चाैथाे कार्यकालका लागि लक्ष्मीकुमार श्रेष्ठ क्याम्पस प्रमुख पदका रुपमा नियुक्त भएका छन । शिक्षासेवी श्रेष्ठ यस अघि सुकुना क्याम्पसकाे सहायक क्याम्पस प्रमुखमा कार्यरत थिए । सुकुना क्याम्पसकाे स्थापना कालदेखी नै संस्थापक प्राध्यापक काे रुपमा कार्यरत रहेका श्रेष्ठ हाल क्याम्पस प्रमुख बनेका हुन । वि.स. २०१९ सालमा संखुवासभा जिल्लामा पिता प्रेमबहादुर तथा माता नरमाया बाट जन्म भएका श्रेष्ठ विगत ४१ बर्ष देखी शिक्षा क्षेत्रमा निरन्तर रुपमा सक्रिय पुर्वक कार्यरत छन । सुन्दरहरैंचा क्षेत्रमा शिक्षासेवीका रुपमा अग्रज तथा प्रेरणाका स्रोत मानिने श्रेष्ठको शिक्षा क्षेत्रमा लामो अनुभव तथा भोगाई छ ।

एम.एड. सम्मको शिक्षा हासिल गरेका श्रेष्ठ निति मध्येकै ठुलो राजनिति भएकोले शिक्षा क्षेत्रको विकास र सुधार गर्ने किसिमको राजनिति शिक्षामा समेत आवश्यक पर्ने मान्यता राख्छन । प्रदेश न. १ काे ठुलो र चर्चित सुकुना क्याम्पसमा प्रविधिक विषयलाई प्राथमिकता दिएर यस क्याम्पसकाे थप विकास गरि नमुना क्याम्पस बनाएर शैक्षिक गुणस्तर सुधार गर्ने लगायतका अाफ्ना याेजना रहेकाे नवनियुक्त क्याम्पस प्रमुख श्रेष्ठले बताए ।

तेसै गरि श्रेष्ठ क्याम्पस प्रमुख भए संगै सुकुना क्याम्पसमा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई उमेर हदका कारण अनिवार्य अवकाश भएका छन । विगत ४५ बर्ष देखि विभिन्न स्थानमा रहेर शिक्षा क्षेत्रमा अनवरत योगदान गरेका भट्टराई सुकुना क्याम्पसबाट सेवा मुक्त भएका हुन । भट्टराई सुकुना क्याम्पसमा विगत लामाे समय देखि कार्यरत रहेर सहायक क्याम्पस प्रमुख हुदै प्रमुखकाे रुपमा दुई कार्यकाल सम्म कार्यरत रहेका थिए । सरल, मिलनसार र शिक्षित स्वभावका धनि भट्टराईकाे कार्यकालमा सुकुना क्याम्पसमा विविध सकारात्मक शैक्षिक विकासका कार्यक्रमहरु भएका छन । विधाथीकाे सधै प्रेरणाका स्ाेत मानिने भट्टराई साहित्यमा समेत रुचि राख्ने भएकोले क्याम्पसबाट सेवा मुक्त भए पछि अझै राम्रो सकारात्मक काम गरेर समाजमा प्रस्तुत हुदै पढ्ने लेख्ने र घुमफिर गर्ने लगायका अाफना अागामी याेजना भएको बताउछन ।

सुन्दरहरैंचा क्षेत्रलाई परिचित गराउने गहनाको रुपमा रहेको शैक्षिक संस्था सुकुना क्याम्पसको महत्वपूर्ण स्थान छ । वि.स. २०४८ सालमा स्थापना भएको यस क्याम्पसमा अहिले करिव ३ हजार विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्ययनरत छन् । सुकुना बहुमुखी क्याम्पसले २०७२ सालमा विश्वविद्यालय अनुदान आयोगको यूएएको प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ ।

स्थापनाकालमा प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका सीमित विषयहरु पढाइहुने यस क्याम्पसमा हालसम्ममा विभिन्न सङ्कायमा उच्च शिक्षाकाे पढाई सन्चालन हुदै अाएकाे छ । यस क्याम्पस संन्चालनको लागि अहिले करिव ९१ जना प्राध्यापक १६ जना कर्मचारी तथा २५ जना संन्चालक समिति गरेर २ सय ५० जाना परिषद सदस्यहरु क्रियाशील छन् ।

टियू द्वारा सम्बन्धन प्राप्त सुकुना क्याम्पस उदाहरणीय शैक्षिक प्रंतिष्ठानका रुपमा अहिले विकसित भएको छ । सुकुना क्याम्पस स्थानीय लगायत १ नं. प्रदेशको १४ जिल्लाका विद्याथीहरुको लागि उच्च शिक्षा अध्यययनको एक उत्कृष्ट गन्तव्य बनेको छ । बिहानी ,दिवा र बेलुकी सत्रमा राष्ट्रका लागि गुणस्तरीय जनशक्तिको निर्माण गर्ने पढाइ सञ्चालन हुदैं आएको सुकुना क्याम्पसकाे विगतमा रामप्रसाद काफले , पीतकुमार श्रेष्ठ , प्रेमप्रसाद भट्टराई क्याम्पस प्रमुख थिए भने हाल लक्ष्मीकुमार श्रेष्ठ क्याम्पस प्रमुख भएका हुन । साथै क्याम्पसकाे संचालक समिति अध्यक्षमा लक्ष्मी प्रसाई , चन्दबहादुर गुरुङ हुदै हाल देवेन्द्रकुमार मास्के कार्यरत छन।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित