जन्मदिनकाे अवसरमा दलित विद्यार्थीहरू लाई शैक्षिक सामाग्री वितरण

इनरुवा । संचारकर्मी मिकाइल आलमले जन्मदिनको अवसरमा दलित विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेका छन् । आलमले आइतबार आफ्नो २१ औं जन्मदिनको अवसरमा ३५ जना विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरेका हुन । संचारकर्मी आलमले सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित रहेको श्री आधारभूत बिद्यालय भाण्टावारीका दलित विद्यार्थीहरु शैक्षिक सामाग्री वितरण गरेको बिद्यालयका प्रअ मोहित नारायण मण्डलले बताएका छन् ।

जन्मदिनको अवसरमा दलित तथा गरिब विद्यार्थीलाई थोरै भएपनि केहि सहयोग गर्न पाउदा आनन्दित महसुस भएको आलमले बताए । आलम पूर्बेली न्यूज, प्रतीक्षण राष्ट्रिय दैनिक लगायतका अन्य मिडियामा कार्यरत रहनुका साथै नेपाल प्रेस युनियन सुनसरीका कोषाध्यक्ष समेत रहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित