सुनसरीको भोक्राहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मदरसा दारुल फुर्कान भोक्राहा नरसिंह गाउँपालीका वार्ड ७ को आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

भोक्राहा नरसिंह गाउँपालीकाका समाजसेवी डाक्टर ईसराइल मन्सुरीका अनुसार शनिबार आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा २ सय ५ जनाले परिक्षण गराएको बताए । निशुल्क स्वास्थ्य शिविरमा अँखाको ४० जनाको र कानको २ दुईजनाको निशुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित