खप्परबाट मष्तिस्क बाहिर निस्केपछि…


एजेन्सी । पाकिस्तानी एक बालिकाको खप्परबाट मष्तिस्क बाहिर निस्किएको छ। पाकिस्तानी बालिका तीन वर्षीया बालिका अनिता अलीलार्इ यस्तो समस्या देखिएको हो।

उनको टाउको असामान्य रूपमा फुलेको छ। जन्मजात नै ठूलो कोमल शिर भएको अनितालार्इ क्रियोसिनोसिनोसिस भएको चिकित्‍सकहरुले सुझाएका छन्।

यस प्रकारको रोगमा, बिरामीको शिर र खप्पर निकै ठूलो हुन्छ। बिरामीको टाउको सुन्निएको जस्तो देखिन्छ। यस रोगको जोखिम भन्नु नै शिरको बनावट ठुलो भएका कारण मष्तिस्क खप्परबाट बाहिर आउने हुन्छ।

अनिताको पनि यस प्रकारको रोग बढेको हो। अलीको अहिले सर्जरीको तयारी भइरहेको छ। तर, उनको सर्जरी के र कसरी गर्ने अलमलमा परेका छन्। यस प्रकारको सर्जरी नवजात शिशुको लागि रिस्की भएको चिकित्‍सकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित