कक्षा काेठामै अचानक बेहोस भएपछी विरहांगकाे मृत्यु

माेरङ / माेरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं.३ स्थित बरमनियामा रहेको श्री जननी आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत सुनुहांग लिम्बुको छोरा विरहांग लिम्बुको  मृत्यु भएको छ । बुधबार विद्यालयमा अध्ययन गरी रहेको समयमा अचानक बेहोस भएकोले उपचारको लागि विराटनगर नोवेलमा पठाईएको थियो ।

उपचारको क्रममा आज दिउसो करिब ४:४५ बजे उक्त बालकको मृत्यु भएको प्रहरी चौकी गछियाले जनाएको छ । नौ बर्षीय बालक यस अघी पनि बेहोस् हुने गरेको उनकी आमाले प्रहरीको बयानमा बताएकी छिन । बेहोस के कारणले भएको हो भन्ने कुरा अझै पता लाउन नसकेको प्रहरीले बताएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित