मृगौला पीडितलाई कतारमा श्रम गर्नेहरुको सहयोग

उदयपुर / उदयपुर त्रियुगा नगरपालिका ६ लालपत्ताका दुवै मृगौला पीडित यसोदा खड्काको उपचारका लागि दोहा कतारमा श्रम गर्नेहरुले सहयोग गरेका छन् । रोजगारको क्रममा दोहा कतार बसेका नेपालीहरुले आर्थिक सहयोग संकलन गरेर १ लाख ६५ हजार १ सय २२ रुपैया मंगलबार लालपत्तामा पिडितलाई आफ्न्तलाई हस्तान्तरण गरिएको छ ।

नेपाली सहयोगी मन दोहा कतार, मृगौला पीडित यसोदा खड्कालाई सहयोगार्थ भन्दै कतारलाई कर्म थलो बनाई बसेका उदयपुरका मिलन कार्की र दानबहादुर राउत (कैलाश), दिनेश कार्की, बाबुराम निरौला, गोपाल कार्की, मदन बस्नेत लगायतको पहलमा रकम जम्मा गरी मृगौला पीडित यसोदाको जेठाजु पदम खड्कालाई दानबहादुर राउत (कैलाश) ले एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।

यस्तै कुवेतमा रहेका रामकुमार खड्काले आफ्न्त मार्फत एक हजार पाँच सय र उद्धव थापाले आफ्न्त मार्फत पाँच हजार पाँच रुपैया रकम सहयोग गरेका छन् । यस्तै लालपत्ताका नेत्र बहादुर खत्रीले २ हजार, टंक बहादुर बस्नेतले २ हजार र विनिता पोखरेलले एक हजार उपचारको लागि सहयोग गरेको छ ।

यसोदाको विगत ९ महिना अघि देखि दुबै मृर्गौला फेर्नु पर्ने समस्या देखिएपछि टिचिङ अस्पताल महाराजगंजमा डाइलोसिस गरिदै आईरहेको उनका जेठाजु पदम खड्काले जानकारी दिए । ‘भाई बुहारीको मृगौला प्रत्यारोपन टिचिङ अस्पताल महाराजगंजमा प्रत्यारोप गर्ने तयारी गरिरहेको भएतापनि आर्थिक अवस्था कमजोर भएकाले ढिलाई भएको छ, उनले भने ।’

जेठाजु पदम खड्काका अनुसार भाई मदन खड्काले मृगौला दिने भएपछि उनको मृगौला प्रत्यारोपन गर्न लागिएको बताए । उनका अनुसार अस्पतालमा मृगौला प्रत्यारोपन गर्नको लागि ६ लाख लाग्ने भएको छ भने औषधि, सर्जिकल समान लगायत अन्य खर्च सहित करिव १०–१२ लाख लाग्न सक्ने अनुमान गरिएको छ । ‘अस्पतालका डाक्टरले भाई मदनको मृगौला हुन्छ भनेपछि दिने तयारी गरेको छ आर्थिक अवस्था कमजोर छ रकम जुटाउँदै छौँ, उनले भने ।’

पदम खड्काले विदेशमा रहेर आफ्नो परिवारको लालन पालनको लागि छुट्याईएको रकम यसोदाको मृगौला उपचारमा सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका थिए । विदशेमा पसिना बगाई कमाएर पठाएको पैसा सहि ठाउँमा सदुपयोग गर्ने उनले बताएका थिए । यस्तै मलेसियामा रहेका परदेशीहरुले समेत १ लाख ५१ हजार भन्दा बढी रकम संकलन गरेर पठाएको उनले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित