कसरी खुवाउने बच्चालाई सन्तुलित खाना

बच्चाको बिकासको लागी सन्तुलित खानाको आवश्यक हुन्छ । यदि बच्चामा कुनै पनि पोषण तत्वको कमी भयो भने उनीहरुको बिकास राम्रोसँग हुन पाउदैन । त्यसैले अभिभावकलाई पौष्टिक आहारको बारेमा राम्रो ज्ञान हुनुपर्छ । पौष्टिक खानाको कमीले गर्दा बच्चामा कुपोषण जस्तो समस्या पनि देखिनसक्छ । बच्चालाई खाना खुवाउनु पनि एउटा चुनौतिको बिषय नै हुने गर्छ । बच्चाले खाना राम्रो सँग खाएन भन्दैमा खानामा कमी आउन दिनु हुदैन । बच्चालाई खाना खुवाउन जानिएन भने पनि बच्चाहरु खाना खादैनन् ।

 

१. बच्चालाई सन्तुलित आहारा दिनु आवश्यक हुन्छ । हरेक दिन ५ अलग–अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।

२. बच्चालाई खुवाउन बल प्रयोग गर्नु हुँदैन्, मायाले सम्झाएर खुवाउनु पर्छ ।

३. बच्चाको खाना कलरफुल बनाउन सलाद, काचो फल र तरकारी काटेर दिनुपर्छ । जुन उनीहरुलाई आकर्षक लागोस् ।

४. बच्चालाई खेल्ने स्वीकृति दिनुपर्छ । जसबाट उनीहरुलाई बढी भोक लागोस् र बढी खाओस् ।

५. जंकफुडभन्दा पौष्टिक खाना खुवाउने बानी राख्नुहोस् । जंकफुडले फाईदा होईन, झन असर गर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित