धरान बीपी प्रतिष्ठानमामा जन्मियो मलद्धार नै नभएको बच्चा जन्मिएपछी…

धरान / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन महिना अघि नर्मल डेलिभरीवाट जन्मिएको मलद्धार नभएको बच्चाको उपचारमा समस्या अाएकाे छ । झापा दमक–४ की दीपा माझीले तीन महिना अघि नर्मल डेलिभरी मार्फत बच्चा जन्माएकी थिइन् । अस्पतालवाट डिस्चार्ज गरेर डाइपर लगाउने बेलामा मात्र उनले बच्चाको मलद्धार नै नभएको थाहा पाएपछि उनले चिकित्सकलाई यसवारे बताइन् ।

चिकित्सकले शल्यक्रिया गरेर शिशुको पेटबाट दिसापिसाब बाहिर निस्कने प्वाल बनाइदिए।  दीपालाई अहिले तीनमहिने छोरोको मलद्वार खुला गर्न चाहिने रकम अभाव भएको छ । उपचारमा ६० हजार रुपैयाँ मागिएको र रकम जुटाउन नसक्दा समस्यामा परेको उनले बतार्इन् । २१ वर्षीया दीपाकाे साइमन दोस्रो सन्तान हुन्।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित