असल अभिभावक, शिक्षक र बिध्यार्थी संबन्धी ३ दिने प्रशिक्षण सम्पन्न ।

पथरी / मोरङको पथरीशनिश्चरेमा अवस्थित रेडस्टार ईङलिस बोडिङ स्कुलले ३ दिने अभिभावक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिध्यालयले आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रममा तहगत कक्षाका अभिभावकहरु भेला गराई प्रशिक्षण गराईएको थियो ।
कार्यक्रममा कुसल अभिभावक र बिध्यार्थी भनेको के हो ? बिध्यार्थीहरुलाई कसरी मैत्रिपुर्ण बातावरण दिन सकिन्छ ? असल अभिभावक र बालबच्चामा हुनु पर्ने गुर्णका बारेमा पिस एजुकेशन ट्रेनिङ सेन्टरका ईश्वर श्रेष्टले अभिभावकहरुलाई प्रशिक्षण गर्नु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख दिलिप कुमार राईले शिक्षाको क्षेत्रमा अभिभावको भुमिका पनि महत्वपुर्ण हुने भएकाले समाजका सबै पक्षले बालबालीकोको सवालमा सकरात्मक सोच लिएर अगाडि बढ्न आग्रह गर्नु भयो । प्रशिक्षणले धेरै कुराको जानकाखरी दिएको भन्दै राईले बिध्यालय परिवारलाई शुभकामना ब्याक्त गर्नु भयो ।

बिध्यालयले बिध्यार्थी, अभिभावक र बिध्यालयको संबन्ध सुध्रिण पार्ने उदेश्यले आफ्ना बिध्यार्थीका अभिभावकहरुलाई प्रशिक्षण गराएको प्रिन्सिपल टि एन तिम्सिनाले बताए । अभिमुखि कार्यक्रमले आफुहरु बालबच्चाको बिषयमा कति उत्तरदायी हुनु पर्ने रहेछ भन्ने देखि लिएर स्ववालम्भी बन्न कुरामा अभिभावको भुमिका बारे धेरै कुरा जान्न पाएको सहभागी अभिभावकले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित