नेपाल शिक्षक महासंघ पाँचथरको अध्यक्षमा चापागाई

पाँचथर / नेपाल शिक्षक महासंघ पाँचथरको आज नयाँ कार्यसमिती गठन गरिएको छ । मनोरथ चापागाईको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिती चयन गरिएको हो । नवगठित समितीको सहअध्यक्षमा लक्ष्मण बास्कोटा,नरेन्द्र सम्हाम्फे,महिला उपाध्यक्षमा सुनिता जवेगु,सचिव दुर्गाराज खत्री,महिला सहसचिव इन्द्रकला राई,अर्थसहसचिव यामनाथ नेपाल रहनुभएको छ ।

यस्तै फिदिम नगरपालिका स्तरीय शिक्षक महासंघ समेत गठन गरिएको छ । बासुदेव ढुंगानाको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिती गठन गरिएको हो । जसमा सहअध्यक्षमा मित्र प्रसाद अधिकारी,उपाध्यक्ष यामनाथा बास्कोटा,महिला उपाध्यक्ष लक्ष्मी तिम्सिना,सचिव छवि न्यौपाने,सहसचिव यादव थापा,महिला सहसचिव हेमन्ता राई,अर्थसहसचिव अम्बिका घिमिरे रहनुभएको छ ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा,महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी,उपाध्यक्ष टिका राई,केन्द्रिय सदस्य बिष्णु कुमार राई,शिक्षक संघका केन्द्रिय सदस्य खड्ग थापा,पूर्व शिक्षक यूनियन अध्यक्ष रुपनारायण जवेगु,तिवेन्द्र चापागाई,राष्ट्रिय गणतान्त्रिक मंचका पूर्व अध्यक्ष राधाकृष्ण न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित