अपांग बाल आवास गृहलाई लाईफ लाईन अस्पतालद्धारा सहयोग

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम स्थित बालमन्दिर आधारभुत विद्यालय अन्र्तगत रहेको अपांग बाल आवास गृहलाई लाईफ लाईन अस्पताल झापाले सिरक सहितका कपडा प्रदान गरेको छ । चीसोबाट बच्नका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले १६÷१६ थान सिरक डसना र २३ थान टाउजर प्रदान गरेको हो ।

आज विहान आवास गृहमा नै पुगेर लाईफ लाईन अस्पतालका बोर्ड मेम्बर राजकुमार भट्टराईले उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । असहाय बालबालिकालाई सहयोग पुगोस भन्ने उद्धेश्यले कपडा वितरण गरिएको भट्टराईले बताउनुभयो । यस अघि लायन्स क्लब अफ विराटनगर एलिटले समेत २३ थान थर्मोकोट र ज्याकेट वितरण गरेको थियो । आवास गृहमा हाल २३ जना फरक क्षमता भएका बालबालिका अध्ययनरत छन् । उनिहरुलाई फुङलिङ नगरपालिकाले खान र बस्नका लागि मासिक जनहि ४ हजार रुपैँया दिदै आएको जनाईएको छ ।

उक्त आवास गृहमा रहेका बालबालिकालाई दिउँसो स्कुल र विहान बेलुका आवास गृहमा राखेर पढाईन्छ । बालबालिको हेचचाहका लागि दुई जना सहयोगी राखिएको छ । शिक्षिका हाङमाया लिम्बुका अनुसार यहाँ रहेका बालबालिकालाई विहानदेखि बेलुका सम्मको खाजा खाना व्यवस्थापन भएको छ भने बेलुका आवास गृहमा नै राखेर पनि पढाउने गरिन्छ । तर प्रयाप्त भौतिक पुर्वाधारको अभाव र न्युन बजेटका कारण भने समस्या झेल्नु परेको लिम्बुको भनाई छ ।

तस्विरः लाईफ लाईन अस्पताल झापाले ताप्लेजुङ सदरमुकाम स्थित बालमन्दिर आधारभुत विद्यालय अन्र्तगत रहेको अपांग बाल आवास गृहलाई शुक्रबार सिरक डसना हस्तान्तरण गर्दै । उक्त अस्पतालले २३ थान टाउजर र १६÷१६ थान सिरक डसना आवास गृहलाई सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित