विराटनगर अस्पतालका डा. आलोक देवले गरे चमत्कार, दिमागमा छिरेको फलामको टुक्रा निकाली यसरी गरे डाक्टरले सफल शल्यक्रिया (तस्विर तथा भिडियाे सहित)

बिराटनगर । मोरङको विराट मेडिकल कलेज अन्तर्गत रहेकाे विराटनगर अस्पताल (बिराट नर्सिङ होम) का न्यूराे सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेकाे ४ x ३ सेमिकाे फलामकाे टुक्रा शल्यक्रिया मार्फत निकाली चमत्कार गर्न सफल भएका छन्र ।

बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले सो बिरामीको सफल शल्यक्रिया गर्न सफल भएका हुन् । भारतको छत्तपुर सुपौलका २५ बर्षिय एमडी साजिदलाई सफल शल्यक्रिया मार्फत उनले नयाँ जिवन दिन सफल भएका छन । पुष २२ गते थ्रेसर लगाउने क्रममा थ्रेसरको फलामकाे टुक्रा उछिटिएर उनको टाउकोमा लागेको थियो । टुक्राटुक्रा भएको फलाम उनको दिमागमा पुगेको अबस्थामा उनलाई सो अस्पतालमा ल्याईएको थियो । उनको सफल उपचारपछि उनलाई माघ २ गते डिस्चार्ज गरिएको डा.देवले बताएका छन् ।

यसरी गरिएकाे थियाे शल्यक्रिया

प्रतिक्रिया

सम्बन्धित