गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्न एपिएसको माग

इनरुवा । निजि बिद्यालयहरुको एकीकृत छाता संगठन कोशी गाउँपालीकाले गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको छ । बुधबार कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी लाई ध्यानाकर्षण तथा माग पत्र बुझाउदै एपिएस कोशी गाउँपालीकाले गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको हो । गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्दै अल्पकालीन,मध्यकालीन र दीर्घकालीन योजना बनाएर शिक्षा क्षेत्र सुधारमा केन्द्रित हुन एपिएस कोशीले गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी लाई आग्रह गरेका छन् ।

निजि बिद्यालयहरुको एकीकृत छाता संगठन कोशीले गाउँपालीका अध्यक्ष अन्सारी लाई बुझाएको ध्यानाकर्षण तथा माग पत्रमा १ कक्षा देखि माथीका विद्यार्थी भर्ना स्थानतरण प्रमाणपत्र बिना नगर्न, आधारभुत शिक्षा अनिवार्य र माध्यमिक तह सम्मको शिक्षामा सबैको पहुँच पुर्याउन, गाउँपालीका स्तरीय शिक्षा समितिमा निजि बिद्यालयको प्रतिनिधि समावेश गर्न, कोशी गाउँपालीका क्षेत्रमा कम्तीमा एउटा सामुदायिक उच्च शिक्षा अध्ययनको व्यवस्था गरिदिन लगायत १० बुदे ध्यानाकर्षण तथा माग पत्रनिजि बिद्यालयहरुको एकीकृत छाता संगठन कोशीले गाउँपालीका अध्यक्ष अन्सारी लाई बुधबार बुझाएको जनाएको छ ।

निजि निजि बिद्यालयहरुको एकीकृत छाता संगठनको ध्यानाकर्षण तथा माग पत्र बुझ्दै गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले शिक्षा क्षेत्र सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेकोले सबैसँग सहकार्य गरेर जाने बताए । अन्सारीले एपिएस कोशीको जायज र पुरा गर्न सकिने माग पुरा गरिने बताए । गाउँपालीका अध्यक्ष लाई ध्यानाकर्षण तथा माग पत्र एपिएस कोशीका अध्यक्ष पर्शुराम यादव,उपाध्यक्ष अशोक यादव,देवीलाल यादव सहितले बुझाएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित