मृत्युपछि अस्पताल सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त

राजविराज / उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त, विद्यार्थी तथा युवाले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो । अस्पताल परिसरमा प्रदर्शन भएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।

बिहान ४ बजे अस्पताल ल्याइएका सदाको बिहान ७ बजे मृत्यु भएपछि चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, स् लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्नेलगायत माग राख्दै जुलुस निकालेका थिए । हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदालाई सुई लगाएर स्लाइन चढाएपछि मृत्यु भएको उहाँकी छोरी बिनकलादेवी सदाको आरोप छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालको कमाण्डमा यतिबेला अस्पतालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । तनावपछि अस्पतालका आकस्मिक विभागका कर्मचारी सेवा बन्द गरी बाहिरिएका छन् । अस्पतालका डा रञ्जीत झाले उपचार गर्दागर्दै भएको मृत्युप्रति दुःख व्यक्त गर्दै चिकित्सकले उपचार गरेकै कारण मृत्यु भएको भ्रम फैलाएर सो अवस्था सृजना गर्न खोजिएको बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित