नायिका वर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डे’मा बिहे गर्ने

लामो समयदेखी प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइराला बैवाहिक बन्धनमा बाँधिने भएका छन् ।आउँदो फागुन २ गते (फेब्रुअरी १४)मा उनिहरु बैवाहिक वन्धनमा बाँधिने भएका हुन् ।उनिहरुले विवाहका लागि भ्यालेन्टाइन डे रोजेका हुन् ।

वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै यो कुराको जानकारी दिएकी हुन् । वर्षा अहिलेकी चलेकी अभिनेत्री हुन् । उनि अभिनित चलचित्र ‘चौकादाउ’ प्रदर्शनरत छ भने ‘गोपी’ प्रदर्शनको तयारीमा छ । नायक संजोग भने पछिल्लो पटक चलचित्र ‘कथा काठमाडौं’मा देखिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित