श्रीमान श्रीमती कुन कुन दिन छुट्टीएर बस्नुपर्छ

भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन । तर विभिन्न धर्मशास्त्रले दिएको जानकारी अनुसार ती दिनहरु पुरुष र स्त्री समागम नराखेकै राम्रो । ती कस्ता दिनहरु हुन् त थाहा पाउनुहोस् स्त्री र पुरुषले कुन दिन त्यस्तो सम्बन्ध राख्नु हुँदैनः

व्रतः जुन दिन स्त्री या पुरुषको व्रत हुन्छ । त्यस दिन पनि श्रीमान–श्रीमतीले कुनै शारीरिक सम्पर्क बनाउनु हुँदैन ।

सक्रान्तिः सक्रान्तिमा पनि श्रीमान–श्रीमती एकअर्काको नजिक हुनु उत्तम मानिदैन । त्यसैले यस दिन शारीरिक सम्बन्ध नबनाएकै राम्रो हुन्छ ।

आइतबारः पुराणका अनुसार आइतबार पनि श्रीमान–श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

चतुर्थी–अष्टमीः चतुर्थी–अष्टमी तिथीमा पनि विवाहित दम्पत्ति एकअर्कादेखि टाढा हुनुपर्ने हुन्छ ।

औँसीः शास्त्रका अनुसार ओँसीको दिन श्रीमान–श्रीमती एकअर्कादेखि टाढा रहनुपर्छ । अर्थात शारीरिक सम्बन्ध बनाउनु हुँदैन । यस दिन सम्बन्ध बनाउनाले उनीहरुको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

श्राद्ध–पितृ पक्षः श्राद्ध या पितृ पक्षका दिन पनि श्रीमान–श्रीमती एकअर्कादेखि टाढै हुनुपर्छ ।

पूर्णीमाको रातः औँसी जस्तै पूर्णीमाको रात पनि विवाहित दम्पत्तिका लागि शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ । यस समय पनि जोडी एकअर्कादेखि टाढा बस्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित