प्रेमिकाको ‘लभ बाइट’ ले किशोरको मृत्यु भएपछि…


मेक्सिको । प्रेमको विषयमा धेरै मानिसहरुले विभिन्न धारणा राख्ने गर्दछन् । कसैको लागि प्रेम जिउने आधार हुन्छ भने कसैका लागि भने यो अभिषाप नै बन्ने गर्दछ । तर यहाँ एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । प्रेमका कारण एक किशोरको मृत्यु भएको छ ।

मिरर डट कमका अनुसार मेक्सिकोमा एक १९ वर्षीय किशोरको मृत्यु उनकी प्रेमिकाले दिएको ‘लभ बाइट’ का कारण भएको थियो । खबरका अनुसार १७ वर्षीय जुलियो मेकियालाई उनकी २४ वर्षीया प्रेमिकाले रोमान्सको क्रममा उनलाई लभ बाइट दिइन् जसका कारण जुलियोको शरिरमा रगत जम्यो जुन रक्तसंचारको क्रममा दिमागमा पुग्यो ।

जमेको रगतका कारण जुलियोलाई स्ट्रोक भयो र उनको मृत्यु भयो । जुलियोको मृत्यु भएपछि उनकी प्रेमिका गायब छिन् । मृतकका परिवारले जुलियनकी प्रेमिकालाई नै उनको मृत्युको लागि जिम्मेवार बताइरहेका छन् ।

‘लभ बाइट’ का कारण कसैको मृत्यु भएको यो पहिलो घटना भने होइन । उनीभन्दा पहिले न्यूजिल्याण्डका एक ४४ वर्षीया महिलालाई आंशिक रुपमा पक्षघात भयो ।

रोमान्टिक पलपछि उनले आफ्नो बायाँ हातको चाल गुमाइन् । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

सुरुमा डाक्टरहरुले यस विषयमा पत्ता लगाउन सकेनन् । तर जब उनीहरुले ती महिलाको घाँटीको दायाँपट्टी केही दाग देखे । त्यसपछि लभ बाइटको क्रममा चुस्दा रगत जमेको जुन ती महिलाको मुटुसम्म पुगेको डाक्टरहरुले निष्कार्ष निकाले ।

डा. टेडी वु, अक्ल्याण्डको मिडलमोर अस्पतालमा ती महिलाको उपचारमा संलग्न, भन्छिन्, ‘ लभ बाइटका कारण कसैलाई अस्पताल भर्ना गरेको यो पहिलो रेकर्ड हो भन्ने मलाई लाग्छ ।’

ती महिला अहिले पूर्ण रुपमा स्वस्थ छिन् ।

प्रतिक्रिया

सम्बन्धित