कोशी अञ्चल अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको चिकित्सकको गुनासो

माेरङ/ कोसी अञ्चल अस्पतालका चिकित्सकहरुले दक्षजनशक्ति र उपकरणको अभावले गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन् । बुधवार कोशी अञ्चल अस्पतालको अनुगमनपछि भएको छलफल कार्यक्रममा चिकित्सकहरुले स्वास्थ्य मन्त्री उपेन्द्र यादव समक्ष यस्तो गुनासो गरेका हुन् । अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन डाक्टर लक्ष्मी नारायण यादवले अस्पतालमा विद्यमान भेन्टीलेटर मेशिन २ थान रहेपनि संचालनका लागि अक्सिजन प्लान्ट र वितरण प्रणाली नभएको गुनासो गरेका छन् । यस्तै अस्पतालमा क्याथल्याब सेवा नरहेकाले, ल्याब उपकरणहरु नरहेकाले सेवा प्रवाहमा समस्या भएको उनले वताए ।

यस्तै मेडिसिन विभागका डाक्टर दिपक सिग्देलले ६ वटा मात्र आइसियू बेड रहेकाले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्न बाध्य भएको गुनासो गरे । यस्तै अस्पतालका मेट्रोन मन्जु यादवले बिरामीको अनुपातमा नर्सिङ कर्मचारी अत्यन्तै कम भएको गुनासो गरेकी छन् । यस्तै नाक, कान, घाटी विभागका अनिता जिसी, दन्त विभागका सुधीर श्रेष्ठ, अर्थो विभागका यज्ञराज खरेल, सर्जिकल वार्डका सुनिल अधिकारी, प्रसुती विभागका संगीता मिश्र लगायतका विभागीय प्रमुखहरुले आआफ्ना विभागका समस्याहरु अवगत गराएका थिए । दक्ष जनशक्तिको अभाव र चाहिने आवश्यक भैतिक संरचनाको अभावले दिदै आएको सेवाले आफै लाई चित नबुझेको चिकित्सकको गुनासो छ ।

छलफलपछि बोल्दै स्वास्थ्य मन्त्री यादवले कोसी अञ्चल अस्पताललाई प्रदेश १ को टर्सरी सेवा दिने केन्द्रीय अस्पताल बनाउने निर्णय गरिसकेको जनाएका छन् । उनले टर्सरी सेवा दिने केन्द्रीय अस्पताल बनाउन छुट्टाछुट्टै विभाग आवश्यक रहेको भन्दै जग्गाका लागि छलफल भैरहेको वताए । यस्तै उनले अस्पताललाई लर्निङ सेन्टरको रुपमा विकास गर्न सरकार अगाडि बढिसकेको पनि स्पष्ट परेका छन । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले कोशी अञ्चल अस्पताल जनताको भरोसाको केन्द्र भएकाले सोही अनुसारको गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

उनले अस्पताल भित्र छिरिसकेका बिरामीहरुले सेवा नलिई नफर्किने अवस्था सिर्जना गर्न अस्पताललाई निर्देशन समेत दिएका छन । यस्तै मन्त्री यादवले सरकारले स्वास्थ्य क्षेत्रमा भएको विकृती अन्त्य गर्न फाईल ट्«याकिङ्ग सिस्टम लागु गरेको जानकारी दिदै अब स्वास्थ्य संस्थाको विकृत अन्त्य हुने बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित