कोशी क्षेत्रमा महिला लाई निशुल्क आङ खस्ने शिविर

सुनसरी / सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा महिलाहरुको लागि आङ खस्ने समस्याको निशुल्क उपचार शिविर सम्पन्न भएको छ । सोमबार कोशी गाउँपालीका वार्ड नम्बर ५ को कार्यालय र विराट मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरको सहयोगमा ग्रामीण विकास समाज नेपालले सो कार्यक्रमको आयोजना गरेको थियो । निशुल्क उपचार शिविरमा १ सय ९८ जनाले सेवा लिएको आयोजकले जनाएको छ ।

शिविरमा ८ जना महिलालाई पाठेघर सम्बन्धि शल्यक्रिया गराउनुपर्ने भएकोले उनीहरूको निशुल्क शल्यक्रिया गराउने आयोजकले जनाएको छ । शिविरमा कोशी गाउँपाली क्षेत्रका स्थानीयहरु लाई स्वास्थ्य चेकजाँच गरिनुको साथै निशुल्क औषधि समेत वितरण गरेको आयोजक ग्रामीण विकास समाज नेपालका अध्यक्ष शमशाद अन्सारीले बताए । उक्त शिविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरका महिला रोग विशेषज्ञ डाक्टर सरिता थापा,जेनेरल मेडिसिन अमर कुमार यादव, डाक्टर शकुन्तला माझी,शिव ऋषिदेव लगायतकाले सेवा दिएका थिए भने कार्यक्रम कोशी गाउँपालीका वार्ड नम्बर ५ का अध्यक्ष शाहजमालको प्रमुख आतिथ्य तथा ग्रामीण विकास समाज नेपालका अध्यक्ष शमशाद अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिसस सदस्य मोहम्मद नौशाद आलम,वार्ड सदस्य कमलेश्वरी यादव,हासिम अन्सारी,नौशाद अलि,विराट मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरका प्रतिनिधि चन्दन पासाङ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम मुस्ताक आलमले संचालन गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित