विधायलयमा एल इ डी र सुईटर वितरण

मोरङको पथरिशनिश्चरेमा वडा नम्वर ४ मा रहेको जनकल्याण आधारभुत विधायलयमा शिक्षण सिकाइलाई प्रभाबकारी बनाउन एल इ डी टिभी र न्यानो स्वटर वितरण गरिएकोे छ ।
शैक्षिक अभियान्ता प्रदिप कुमार राईले बिध्यालयमा सोमबार एक कार्यक्रमकाे अायाेजना गरि ११५ बिध्यार्थीलाई न्यानाे सुईटर, बिध्यालयलाई खेलकुद सामाग्रिका र सब्य दृष्य सहितको टिभी वितरण गरेका छन ।

साेहि कार्यक्रममा स्कुलमा याेग्दान पुर्याएका संस्थापक अध्यक्ष, शिक्षक र सहयाेगीदाताहरुलाई सम्मान गरिएकाे छ । शैक्षिक अभियान्ता प्रदिप कुमार राईको संयोजनमा बिदेशमा कार्यरत नेपाली दाजुभाइकाे सहयाेगमा साे सामाग्री वितरण गरिएको राईले बताए । राईले शिक्षाले समाजमाशान्ति,शद्भाव कायम गर्न मद्त पुर्याउने भएकाले यस्ता कार्यहरु आजको आवश्यता भएको बताए ।

२०४२ सालमा स्थापना भएको विध्यालय नसरि देखी कक्षा ८ सम्म पठन पाठन हुदै आएको छ भने २०७२ देखि नसरि देखी कक्षा ४ सम्म अंग्रेजि माध्यमा पठनपाठन हुदै आएको छ ।
सहयाेगी दाताहरुकाे कार्यकाे प्रशंसा गर्दै प्रमुख अथिति पथरिशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले नगरका पिछडिएको स्कुलहरुकाे स्तर उकासन नगरले याेजना तयार पारेकाे बताए । नगर प्रमुख राईले एसइइ परिक्षामा उर्तिण गरेका बिध्यार्थीहरुका लागि मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालमा प्राविधिक शिक्षामा शैक्षिक ऋण नगरपालिकाले उपलब्ध गराउने बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित