बरुण क्याम्पसको ३३ औं वार्षिकोत्सव सम्पन्न

संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारी स्थित बरुण बहुमुखी क्याम्पसले ३३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सोमबार देखि सुरु गरिएको वार्षिकोत्सव कार्यक्रम विहिबार सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रममा विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण गरेर कार्यक्रम समापन गरिएको हो ।

विभिन्न तहमा अध्ययनरत विभिन्न संकायमा सर्वोत्कृष्ट हाँसिल गर्ने दर्जनौं विद्यार्थीलाई छात्रवृक्ति वितरण गरिएको क्याम्पस प्रमुख टिकाराम गुरुङले बताए । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनले उत्कृष्ट शिक्षक छनौट गरी सम्मान समेत गरेको थियो । क्याम्पस प्रमुख गुरुङले क्याम्पसको गतिविधि र आर्थिक क्रियाकलाप सहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खाँदबारी नगरपालिकाका प्रमुख तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुरारी प्रसाद खतिवडाले क्याम्पसका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित