अचम्म ! पोखराका एक किसानले भालेको मुल्य २ लाख पाउँदा नी गरेनन् बिक्री ?

एउटा कुखराको भालेको मुल्य कति पर्ला ? बढीमा १० हजार ? तर पोखराका एक किसानको फर्ममा भएको भालेको मुल्य २ लाख पाउँदा पनी उनले बिक्री गरेनन् । १५ बर्ष बुढो भाले बार्षिक २० लाख भन्दा बढी आम्दानी गराईदिन्छ कृषकलाई । भालेको मुल्य सुनेर त तपाई छक्क पर्नु भयो होला अर्को कुरा सुनेर झन छक्क पर्नुहुनेछ ।

२ लाख पाउँदा नबेच्ने भालेले सबै कुखुरा बोलाएर भाषण दिन सम्म सक्छ । पोल्टीफर्मका संचालक राजेन्द्र अधिकारी भन्दै थिए, यो भालेले मानिसको इसारा बुझ्छ र अरु कुखुरा बोलाएर मानिसको कुरा सम्प्रेषण गर्छ । यो भाले अरु भालेको तुलनामा अत्यन्त चनाखो छ ।कतै आकाशमा चिल घुम्यो भने सबै कुखुरालाई खबर गर्छ, कुनै कुखुरा हरायो भने पनि खोजेर ल्याउँछ । यो बीउको लागी पालेको र यसको बीउ उत्पादन गर्न बिभिन्न संघसंस्था आएर २ लाख दिदाँ पनि नदिएको संचालक अधिकारीले बताए ।

अधिकारीका अनुसार यो भालेले बार्षिक २० लाख भन्दा बढी आन्दानी गराईरहेको छ । २ लाखको भाले हेर्नको लागी र पशुपंक्षिबारे अनुसन्धान गर्नको लागी उनको फार्ममा मन्त्रीदेखी सर्वसाधरणको घुईचो समेत हुन्छ । पोखराको लेखनाथ स्थित डाँडाको नाकमा रहेको उनको फार्म पछिल्लो समय लोकल कुखुरा, क्रस, लुइँचे, बनराजा, हाँस लगायत पशुपंक्षिका लागी परिचित बन्दैछ ।

प्रतिक्रिया

सम्बन्धित