भाेजपुरमा कालाजारको रोगी फेला

भोजपुर जिल्लामा पनि कालाजारको विरामी फेला परेपछि यसको नियन्त्रणको लागि विशेष योजना वन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई जनामा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना वनाएर उपचार गरिने भएको हो ।

जसको रोकथामको लागि स्थानिय तहले खेल्नु पर्ने भुमिकाको विषयमा मंगलवार जानकारी दिइएको छ । भुसुनाको माध्यमबाट सर्ने भएकाले यो रोग सुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्नु राम्रो हुने कार्यक्रम मार्फत जानकारी गराइएको छ । कालाजारका लक्षण विषेश गरी हल्का ज्वरो, कमजोरी र भोकको कमीले सुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो कढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्तो हुने भएकाले बेलुकी पख उड्ने भुसनाबाट बच्नु पर्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।कार्यक्रममा जिल्लाका स्थानियतहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजक, जनस्वास्थ्य धनकुटाका सुपरभाइजर तुलसी प्रसाद गुँरागाई, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रोग्राम कोडिनेटर लगाएतको सहभागीता रहेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित