विवाह पनि भएको छैन, म ‘भर्जिन’ पनि होइन: गायिका ज्योति मगर (हेर्नुहोस भिडियो)


काठमाडौं / गायिका ज्योती मगर बिन्दास छिन् । त्यसो त छोटा कपडा लगाउने, दुईअर्थी गीत गाउने जस्ता आरोप उनलाई लागिरहन्छन् । तर यस्ता कुराले उनलाई केही फरक पर्दैन । बााचुञ्जेल रमाइलो जीवन बिताउने ज्योतीको सिद्धान्त हो ।

हिजोआज उनको फेसबुकमा डान्स क्लबका फोटो प्रशस्त देखिन्छन् । मगरकी छोरी रक्सी खान त जातले नै दिएको बताउँछिन् उनी । स्टेज शोमा व्यस्त उनी शो गरेवापत् एक लाखसम्म पारिश्रामिक लिन्छिन् । अन्य कुरामा धेरै खर्च गर्दिनन् उनी । तर, साथीहरूसँग बसेर जलपानको लागि भने उनी दिल खोलेरै खर्च गर्छिन् । रक्सीमा अहिलेसम्म आफूले ४८ हजारसम्म खर्च गरेको उनले बताइन् ।

‘मि टु’ को चर्चा चलिरहँदा ज्योतीले पनि स्टेज शोमा जाँदा आफू धेरै पटक दुर्व्यवहारमा परेको बताइन् । कति पटक आयोजकलाई आफने कोठाबाट पुलिस नै बोलाएर निकाल्नुपरेको छ उनले ।

केही दिनअघि एक कार्यक्रम सकिएपछि होटलका साहुले बारम्बार उनको ढोका ढक्ढक्याएपछि उनले फेसबुकमै लाइभ हालिदिएकी थिइन् । लाइभ खिचेको थाहा पाएपछि ती व्यक्तिले ढोकामा हान्न छोडेका थिए । संघर्षका दिनमा पनि आफूले त्यस्ता दुर्व्यवहार धेरै भोगेको तर, अहिले धेरै कम भएको उनको बुझाइ छ ।

ज्योती देशको राजनीतिक स्थिति र समाजका यावत् घटनालाई नजिकबाट नियालिरहेकी हुुन्छिन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछिको हत्याबारे बोल्दै उनले भनिन्, ‘निर्मलाको केसमा शक्तिशाली व्यक्तिकै चलखेल भएको जस्तो मलाई लाग्छ ।’

बलात्कारका घटना मिडियामा छाएसँगै सरकारले बलात्कार न्यूनिकरण गर्न ‘पोर्न ब्यान’ ग¥यो । यसबारे उनले भनिन्, ‘पोर्न ब्यान गरेर झनै बलात्कार बढ्छ । जुन कुरा सजिलै उपलब्ध हुुन्छ त्यो कुरा मानिसले खोज्दैन । कोठामा बसेर पोर्न हेरेर आफैंमा रमाउन सकिन्छ । बाहिर गएर बलात्कार तथा दुव्र्यवहार गर्नु पर्दैन । यौनको मामिलामा उदार समाजमा बलात्कार कम छ ।’ त्यसो त ब्यान भएपछि उनले पनि साइट चेक गर्न भ्याइन् ।

केटीहरूसँग घुलमिल हुने र संगत गर्ने केटाहरू खराब नियतको नहुने ज्योतीको बुझाइ छ । तुलनात्मक हिसाबमा केटीको संगत गर्न डराउने धेरै केटाहरूको नियत खराब हुने गरेको भन्दै उनले थपिन्, ‘प्लेबोय भनिने केटाले महिलालाई नराम्रो नजर हेर्दैनन् । तर केटीसँग बोल्न पनि डराउनेहरूले मौकाको फाइदा उठाउँछन् ।’

संगीत क्यारियरको शुरूवाती दिनदेखि नै आफू दुर्व्यवहारमा पर्दै आएको उनले बताइन् । कतिले रमाइलोमा खिचिएको फोटो फ्लास गरिदिने भनेर ब्लाकमेलसम्म गरेका कहानी छन् उनीसँग ।ज्योती मगर विवाहित हो भन्ने हल्ला पनि बेला बेलामा छाइरहन्छ । यसबारेमा बुझ्न खोज्दा आफू अविवाहित भए पनि कुमारी चाहिँ नभएको आसयमा जवाफ दिइन् ।

उनले भनिन्, ‘विवाह पनि भएको छैन, कन्या पनि छैन, मिलाएर बुझ्नुस् ।’ जोडोयाममा पनि ज्योतीलाई जोडोको कपडामा निकै कम देखिन्छ । प्रायः उनी छोटो पहिरनमै हुन्छिन् ।

यसको कारण खुुलाउँदै उनले भनिन्, ‘म पहाडमा जन्मिएकी हुँ । रोल्पामा हिउँदमा एकदमै जाडो हुने । मैले रोल्पामा हुँदा सेतो तुसारो परेको बेलामा खाली खुट्टा दाउरा घाँस काटेको छु । त्यो भएर पनि मलाई काठमाडौंको जाडोले छुदैंन ।

प्रतिक्रिया

सम्बन्धित