१० घन्टाभन्दा बढी समय सुत्ने बानी राम्रो हैन थाहापाइ राख्नुस,

मानव शरीरलाई आरामको आवश्यकता पर्छ । जसका लागि नियमित सुत्नु या निदाउनु जरुरी हुन्छ । मानिसको स्वास्थ्यअनुसार कम वा लामो समय सुत्नुपर्ने हुन्छ । बच्चालाई अलि बढी निदाउनुपर्ने हुन्छ । उमेर बढ्दै गएपछि कम निदाउँदा पनि फरक पर्दैन । स्वस्थ मानिसले दैनिक ६ देखि ८ घन्टा निदाउन जरुरी हुन्छ ।

सामान्यतया थकित अवस्थामा बढी सुत्नुपर्छ भन्ने मान्यता छ । हाम्रो सुस्त जीवनशैली र अव्यवस्थित सुताइले हाम्रो मानसिक तथा तथा शारीरिक स्वास्थ्यमा असर पार्ने गर्छ । यदि मानिसमा १० घन्टाभन्दा बढी समय सुत्ने बानी छ भने त्यो मानसिक समस्या पनि हुन सक्छ । स्लिपिङ डिसअर्डरका कारण पनि मानिस लामो समय सुत्ने गर्छ :

स्लिपिङ डिसअर्डर

स्लिपिङ डिसअर्डर भएका मानिस अधिकांश समय आफूलाई थकित महसुस गर्छ । यसको कारण इन्सोमेनिया पनि हुन सक्छ । राति अबेरसम्म जाग्राम हुनु र उठेपछि पनि फ्रेस अनुभव नगर्नु यसका लक्षण हुन् ।स्लिपिङ डिसअर्डर विभिन्न तरिकाका हुन्छन् । बढी सुत्नु वा कम सुत्नु दुवै स्लिपिङ डिसअर्डर हो । बेडमा बसेको लामो समयसम्म पनि निद्रा नआउने, दिनभर निद्राको झड्का लागिरहने, रातमा बढी सपना देख्ने, छिनछिनमा ब्युँझिने, मुख सुक्ने, रातमा छटपटाहट हुने, निद्रामा हिँड्ने आदि कार्य स्लिपिङ डिसअर्डरका लक्षण हुन् ।

कसैलाई निदाएको समयमा खुट्टाको नसा चल्ने समस्या हुन्छ । जसले निद्रा नलाग्ने पनि समस्या हुन सक्छ । निदाएको समय देख्ने २० प्रतिशत सपनालाई सामान्य मानिन्छ । योभन्दा बढी सपना देखिएको छ भने त्यो स्लिपिङ डिसअर्डर पनि हुन सक्छ । त्यस्तै, निद्रामा बोल्ने, हिँड्ने, असामान्य काम गर्नु आदिको कारण पनि स्लिपिङ डिसअर्डर हो ।

कतिपयले थकावट र तनावका कारण सुत्नका लागि औषधिको सहारा लिने गर्छन् । जसले शारीरिक तथा मानसिक समस्या ल्याउन सक्छ । यस्तो औषधि सेवनको कारण स्लिपिङ डिसअर्डसमेत हुन सक्छ ।

मेन्टल हेल्थ

बिहान अबेरसम्म सुत्ने कारण डिप्रेसन पनि हुन सक्छ । विभिन्न अनुसन्धानले भनेका छन् कि स्लिपिङ डिसअर्डरजस्ता इन्सोमेनियाबाट डिप्रेसनको सम्भावना पनि हुन्छ । यदि कोही मानसिक समस्याबाट गुज्रिरहेको छ भने पनि उसलाई निद्रामा समस्या आउन सक्छ ।

मेडिकल कन्डिसन

मानसिक स्वास्थ्यले मात्र नभई शारीरिक स्वास्थ्यले पनि निद्रामा प्रभाव जमाउँछ । मांशपेशीको दुखाइको कारण पनि अनिद्राको समस्या हुन सक्छ । एनिमिया, थाइराइटिसजस्ता समस्या भएको अवस्थामा पनि नयाँ रोग जन्मिन सक्छ ।

हर्मोन परिवर्तन

आस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन जो–कोही महिलाका लागि अनिद्राको कारक बन्नसक्छ । मनोपोजले पनि निद्रा र गर्भाअवस्थामा समस्या उत्पन्न गर्छ ।

निद्राको कमी

निद्राको कमीले स्वास्थ्यमा मात्र असर पार्दैन । यसले त व्यक्तिको शारीरिक, भावनात्मक र आध्यात्मिक रूपमासमेत गलत प्रभाव पार्ने गर्छ । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित