दुई हातले थामिरहेको जस्तो देखिने विश्वका मानिसको ध्यान खिचिरहेको यो अचम्मको गोल्डेन पुल (भिडियो सहित)


एजेन्सी- भियतनामको गोल्डेन पुलले यतिबेला विश्वका आम मानिसको ध्यान खिचिरहेको छ। दुई सजीव हातले थामिरहेको जस्तो देखिने उक्त विशाल पुल अड्याउन धेरै पिलरको प्रयोग गरिएको छ।

हातलाई ढुंगाको रङले रंग्याइएको छ भने प्राकृतिक देखाउन हातमाथि घाँससमेत उमारिएको छ। अत्यन्तै आकर्षक एवं विश्वास गर्ने गाह्रो हुने उक्त पुलको लम्बाइ एक सय ५० मिटर छ। १४ सय मिटरको उचाइमा रहेको पुल पहाड र जंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

गोल्डेन पुललाई हेर्न अघिल्लो वर्ष मात्रै २.५ करोड पर्यटक आएका थिए। यसलाई मानवीय सोच र कलाको अनुपम उदाहरणको रूपमा लिने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित