मध्यराति अचानक महिलाको शरीरमा केहि टाँसियो, अनि निकाल्न थल्यो विचित्रको आवाज


एजेन्सी। बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्यान त्यतिबेला संकटमा पर्यो जतिबेला मध्यरातमा अचानक उनलाई एक नागले बेर्यो। विचित्रको आवाज सुनेपछि निन्द्राबाट ब्यूँझिएकी महिला आफ्नो शरीरलाई नागले बेरेको देखेपछि उनको होश उढ्यो। र डरका कारण उनको आवाज पनि निस्किएन।

बिहारको मंगेर जिल्लाको इटहरी पंचायतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पुतुल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बेरेर राखेको थियो। राति सुतेको बेला एक सर्पले उनको बायाँ खुट्टालाई बेरेको थियो। जब आफूलाई अप्ठेरो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको होश नै उड्यो। त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले। त्यसपछि सो सर्प आफैं त्यहाँबाट गयो।

ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन्। उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा सर्पले बेरेको रहेछ। साप देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।

पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई सर्पले बेरेको सुनाए। त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो। केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले। त्यसको डेढ घण्टापछि सापले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट भयो।

प्रतिक्रिया

सम्बन्धित