दाँत उपहार पाएपछी हर्षित धनश्याम

तेह्रथुम / छथर गाउँपालिका ६ सुदापमा ७२ बर्षीया धनश्याम ढकाल दाँतको रोगले बर्षाैदेखी पिडत बन्दै आएका थिए । राम्रो उपचार नपाउँदा दाँतको रोग नियन्त्रणका लागी पटक पटक स्वास्थ्यचौकी अस्पतालमा पुगेपनी उनको समस्या हट्न नसक्दा खानेकुरा खानु अघी नै मनमा पिर हुनु समस्या नै बनी सकेको थियो । छिपीन्दो उमेरका ढकालले सबै दाँतहरु झरे सँगै दाँतको उपचार गर्ने कुरा सोचेका पनी थिएनन् । गाउँपालिकाले दन्त उपहारको शिविर सञ्चालन गर्ने खबर पाए सँगै शिवीरको पहिलो दिन नाम दर्ता गरी दाँतको नापजाँच गरेर घर फर्किए । दाँतको नापजाँच सँगै चौथो दिन ढकालले शिवीरमा दाँत उपहार पाए सँगै खुसि बनेका छन ।

उनी जस्तै छथर ५ का ७१ बर्षीया मानध्वोज पौडेल पनी दाँतकै रोगले ग्रसित बन्दै आएका थिए उनले पनी शिवीरबाट दाँत उपहार पाएका छन । ढकाल र पौडेल जस्तै गाउँपालिकाका ३० जना नागरिकहरुले पुरै दाँतको सेट उपहार पाउँदा हर्षित बनेका छन । बर्षदेखी दाँतमा रोग लागेर पिडीत बन्दै आए नागरिकहरुले गाउँ मै दन्त उपहार पाए पछी हर्षित बनेका हुन । आर्थीक बिपन्नताका कारण बर्षाैदेखी रोग लुकाएर रहेका नागरिकहरुलाई सेवा दिने उदेश्यले छथर गाउँपालिका स्वास्थ्य शाखाले दन्त उपहार शिवीर सञ्चालन गरे सँगै नागरिकहरुले दाँत उपहार पाएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । रोगका कारण चाहेको खानेकुरा ईच्छा अनुसार खान नपाई आधापेट मात्रै हुँदै आएका नागरिकहरुले दन्त उपहार सँगै गाउँमै सेवा पाउँदा खुसी बनेको स्वास्थ्य शाखाका प्रमुख डम्बर चेम्जोङले बताए ।

पौष ११ गते देखी १४ गते सम्म गाउँपालिकाको हमरजुङ स्वास्थ्यचौकीमा सञ्चालन भएको शिबीरमा गाउँपालिका नागरिकहरुले सेवा लिएका थिए । शिवीरमा १सय ७० जना दाँत फुकालेका थिए त्यस्तै २ सय ३५ जनाले आंसिक दाँत फेरेको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए । शिवीरमा जम्मा ७ सय ५१ जनाले सेवा लिएको स्वास्थ्य शाखा छथर गाउँपालिकाले जनाएको छ । ४ दिन सम्म सञ्चालन भएको शिवीरमा तत्कालिनसुदाप,ओख्रे,फाक्चामारा,पञ्चकन्या,हमरजुङ र आङदिम गाबिसका नागरिकहरुले सेवा लिएका थिए । शिबीरमा पुर्वाञ्चल डेन्टल अस्पताल प्रालिका प्रमुख केशब रिमालको नेतृत्वमा ९ जना चिकीत्सकहरुको टोलीले नागरिकहरुलाई सेवा दिएका थिए । शिवीरमा नागरिकहरुलाई निशुल्क रुपमा दाँतको उपचारका साथै दाँत फेरी दिने तथा दाँत उपहार पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित