ईन्टरनेसनल ईडन एकेडेमी कन्सल्टेन्सी इटहरीले सेमिनार गर्ने

ईन्टरनेसनल ईडन एकेडेमी कन्सल्टेन्सी इटहरीले अष्ट्रेलिया जान ईच्छुक विद्यार्थीहरुका लागि ईटहरीमा भव्य सेमिनार गर्ने भएको छ ।  यस सेमिनारमा विभिन्न कलेज र विश्वविद्यालयहरु गरी लगभग १२ वटा शैक्षिक संस्थाहरुको उपस्थिति रहने कुरा जानकारी इन्टरनेसनल ईडनका कार्यकारी निर्देशक सुमन काफ्लेले बताउनु भयो । उच्च शिक्षाका लागि अष्ट्रेलियाका विश्वविधालयहरुमा एडमिसन गर्न इच्छुक विधार्थीहरुका लागि अष्ट्रेलियन कलेजका आधिकारीक प्रतिनिधिहरु संग प्रत्यक्ष कुरा गर्न पाउने राम्रो अवसर रहेको उहाँले जानकारी गराउनुभयो । यसका अतिरिक्त आफ्ना शैक्षिक प्रमाण पत्रहरु लिएर आउने विद्यार्थीहरुका लागि अन द स्पोट एड्मिसन र तत्कालै छात्रवृतिको पनि सुविधा रहेको इन्टरनेसनल इडेन एकेडेमी कन्सल्टेन्सीले जनाएको छ ।

सो सेमिनारमा व्यवस्थापन, होटल म्यानेजमेन्ट, अकाउन्टीङ, नर्सिङ, ईन्जिनिइरिङ, आईटी, चाईन्ड केयर र डेन्टल टेक्नोलोजी लगायत विभिन्न विषयहरु प्रदान गर्ने विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने कुराको जानकारी ईन्टरनेसनल ईडनका मार्केटिङ म्यानेजर कौशल पोख्रेलले दिनुभयो । विद्यार्थीहरुको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उचित छात्रवृति पाउन पनि उक्त सेमिनारले मद्दत गर्ने उहाँको भनाई छ ।  यो सेमिनार यस कन्सल्टेन्सीले पौष २२ गते आईतबारका दिन आइतबारे लाईन स्थित इन्टरनेसनल इडेन एकेडेमी कन्सल्टेन्सी प्रा लि को आफ्नै कार्यलयमा गर्ने भएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित