क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ९ का बिदुर दनुवार आजभोली छोरा छोरीलाई एकोहोरो हेर्दाहेर्दै आँखा कत्तिखेर आँशुले पुरिन्छ उहाँलाई पत्तै हुदैन । क्यान्सले थलिएका दनुवार आफ्ना छोरा छोरीलाई हेर्दै आँशु बगाउँदै दिनचर्या विताई रहेका छन् ।

विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराउदै आएका दनुवारले आफ्नो उपचार गराउँदा गराउँदै लाखौ ऋण परिसकेको बताए । उनको २०७४ साल मंसिरमा गालाको क्यान्सरको अप्रशेन गरेका थिए । अप्रेशन गराउँदा पनि उपचार सफल हुन सकेन् । अप्रशेन गरेपछि केहि हदसम्म राम्रो भएको तर पुनः चेकअप गराउँदा क्यान्सर देखापरेको र चिकित्सिकले फेरि अप्रशेसन गर्नुपर्ने बताउदै आएको छ ।

अव केही सहयोग पाए आफु बाँच्ने आस भएको बताउनु हुन्छ । अहिलेसम्म उनको उपचारमा ८ लाखसम्म खर्च भईसकेको श्रीमति निर्मला दनुवारले बताईन । ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएका दनुवार दम्पत्तीको एक घरबाहेक अरु कुनै आम्दानीको श्रोत छैन । पहिल्य नै क्यान्सरको उपचार गर्दा आफुसँग भएको रकम सकिकसेको र अब थप अप्रेशन गरेर उपचार गर्न आफुसँग आर्थिक अभाव भएको कारण सहयोगको लागि अपिल गर्नु भएको हो । हाल उपचारको लागि ५ लाख देखि ६ लाखसम्म खर्च गर्नुपर्ने अस्पतालले जनाएको छ । तर रकमको अभावमा फेरि अप्रेशन गर्न र किमो लगाउन सक्ने अवस्था सम्म नरहेको उनका श्रीमति निर्मला दनुवारले बताईन् । दनुवारको १३ र ८ बर्षिय दुई छोरी र ४ बर्षिय एक छोरा रहेका छन । दनुवारले भने, “सानो सानो आर्थिक सहयोग पाए मेरो ज्यान बाँच्थ्योकी” ।

छोरा छोरीको लागि भए पनि बाँच्न चाहान्छु, आाँशु झार्दै विदुर दनुवारले भने, ‘बाँच्नका लागि उपचार गराउन सबै दयालु हृदय भएका मानिससँग सहयोगको अपेक्षा गरेको छु ।’ उहाँलाई सहयोग गर्न चाहनेहरुले बिदुर दनुवारको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर ०२१२२०१२३५५०७०१९ रकम जम्मा गर्न सक्नु हुनेछ । यस्तै उनका आफ्न्त तिर्थ दनुवारको मोबाइल नम्बर ९८४२९१६१२९ वा ९८४८९९९०२ मा समेत सम्पर्क गरेर सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित